Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शरीरलाई तातो राख्न पिउनुहोस् पानी

शरीरलाई तातो राख्न पिउनुहोस् पानी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७८ शनिवार • १०:०३:१६ बजे
  • 1.7K
    SHARES
  • शरीरलाई तातो राख्न पिउनुहोस् पानी

    के तपाईलाई धेरै नै चिसो लाग्छ ? वा स्वयंलाई तातो बनाउनका लागि विभिन्न उपाय खोजिरहनु भएको छ ? यदि हो भने अन्य कुनै पेय पदार्थको सट्टा पानीलाई नै तपाईंले आफ्नो प्रमुखतामा राख्नुपर्ने हुन्छ । चिसो मौसममा शरीरलाई तातो राख्न पानीले कसरी काम गर्छ भन्नेबारे जानकारी लिऔँ । 

    images

     

    चिसो मौसममा धेरैजसो मानिसले कमै पानी पिउँछन् । चिसोमा शरीरलाई पानी खासै चाहिँदैन भनेर धेरैले सोच्ने गर्छन् तर यो वास्तविक होइन । कम पानी पिउने भएकोले जाडोयाममा धेरैलाई डिहाइड्रेसनको खतरा पनि अधिक हुन्छ । जाडोयाममा हामीले पर्याप्त मात्रामा पानी नपिउने हो भने यसले शरीरमा कयौँ बाधा उत्पन्न गर्ने गर्छ । धेरै पानी नपिउनाले खाना पनि धेरै खाने सम्भावना उच्च हुन्छ ।


    किनकी शरीरले तपाईलाई तिर्खा लागेको हो वा भोक लागेको, थाहा पाउँदैन । जाडोयाममा हावा पनि रुखो हुन्छ । कपडा पनि धेरै लगाउँछौ तसर्थ शरीरलाई अतिरिक्त भार महसुस हुन जान्छ । यसले गर्दा उर्जाको कमी र थकाई  लागेको पनि महसुस हुन्छ । यस्तोमा यी बाहेक अन्य समस्याहरु पनि देखा पर्छन् । यस्तो अवस्थाम पानी पिउनाले कस्ता फाइदा पुर्याउँछन् त यसबारे जानकारी लिऔं । 


    पानीले हाम्रो शरीरलाई तातो राख्न सहयोग गर्छ 


    चिसोको समयमा पानीको कमीले शरीरमा के असर पार्छ, यस बारे भारतकी चर्चित पोषणविद् पूजा मखिजाले आफ्नो सोशल मीडिया साइटमा एक पोष्ट सेयर गरेकी छन् । उनले पानीले कसरी हाम्रो शरीरलाई तातो राख्न सहयोग गर्छ भन्ने कुरा बताएकी छिन् ।


    पूजा भन्छिन्,‘चिसोको समयमा स्वयंलाई तातो राख्ने सबैभन्दा सजिलो तरिका भनेको पानी पिउनु हो ।’ चिसोमा पानी कम पिउनाले शरीरको तापमान कम हुन थाल्छ र यसैका कारण हाइपोथर्मियाको समस्या पनि हुनथाल्छ ।

    हाइपोथर्मिया एउटा यस्तो स्थिति हो जहाँ शरीरले जति तीब्र रुपमा गर्मी पैदा गर्छ, त्योभन्दा पनि तीब्र गतिमा गर्मीलाई गुमाउने गर्छ ।
     
    उनी भन्छिन्,‘चिसोमा यदि तपाई स्वयंलाई तातो बनाइराख्न चाहनु हुन्छ भने धेरैभन्दा धेरै पानी पिउनुहोस् ।’ अधिक मात्रामा पानी पिउनाले रक्त प्रवाह पनि सन्तुलित हुन्छ । पानीको कमीले रक्त प्रवाह घट्न थाल्छ । जसका कारण शरीरको तापमान कम हुन्छ र तपाईंलाई हाइपोथर्मियाको समस्या हुन थाल्छ ।’


    के अल्कोहलले शरीर तातो हुन्छ ?


    सामान्य रुपमा हामीलाई लाग्छ कि रक्सीले आफ्नो शरीरलाई तातो राख्न सकिन्छ । तर पूजा मखिजाका अनुसार यसो गर्नु बिल्कुल सही होइन । उनी भन्छिन्, ‘ह्विसकी वा रमले हाम्रो शरीरलाई केही समयका लागि त तातो राख्ने गर्छ तर केही समयपछि यसले हाम्रो शरीरको भित्रैबाट तापक्रम कम गर्न थाल्छ ।’


    पूजाका अनुसार रक्सीका कारण हाम्रो काम्ने क्षमता पनि प्रभावित हुन्छ । काम छुट्नुलाई हामी चिसो लागेको र शरीरलाई तातो बनाउनु आवश्यक भएको ठान्छौं ।
     

  • सम्बन्धित विषय:

  • # पिउनुहोस् पानी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology