Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई परीक्षा केन्द्र स्तरबाटै गर्ने

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई परीक्षा केन्द्र स्तरबाटै गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७८ मंगलवार • ०८:३३:४६ बजे
  • 1.4K
    SHARES
  • राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई परीक्षा केन्द्र स्तरबाटै गर्ने

    राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई परीक्षा केन्द्र स्तरबाटै गर्ने गरी तयारी गरेको छ ।

    images

    संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न निर्देशन दिएको थियो । निर्देशनलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउने तयारीमा लाग्नुभएको छ ।

    ऐन जारी गरी कार्यान्वयन गर्न ढिलो हुने भएकाले यो वर्ष केन्द्रबाटै सञ्चालन हुने भएको हो ।

    आइतबार भएको बैठकमा अधिकांश बोर्डका सदस्यले प्रदेश सरकारले परीक्षा लिने विषय उठान भएको थियो । तर, ऐनमा प्रदेश सरकारले परीक्षा लिने विषय उल्लेख नभएका कारण सम्भव नभएको धारणा राखेका थिए ।

    बैठकमा प्रदेश र स्थानीय तहको सहयोगमा केन्द्रबाट परीक्षा लिने विषयमा छलफल भएको थियो ।

    ‘यो विषय लगातार तेस्रोपटक उठिसकेको छ, ऐनमा प्रस्ट उल्लेख भएको विषयलाई यो वा त्यो निकायले गर्ने भन्ने विषयमा निर्णय गर्ने मिल्दैन, यो वर्ष पनि केन्द्रले नै परीक्षा लिनेछ’ –एक सदस्यको भनाइ थियो ।

    ‘संघीय शिक्षा ऐन ल्याएर प्रदेशलाई अधिकार दिए भइहाल्छ नि’, ऐनमै नभएको विषयमा विवाद गर्नु उचित नभएको भन्दै एक सदस्यले भने– ‘केन्द्रबाटै परीक्षा लिनेबाहेक अन्य निर्णय गर्नु हुँदैन ।’

    बोर्डको बैठकले परीक्षाको मिति मोडालिटीबारे अब बस्ने बैठकले निर्णय गर्नेछ ।

    बोर्डका सदस्यसचिव दुर्गा अर्यालले एसईई परीक्षाको बारेमा सरकारले ठोस निर्णय नभएको तर यो वर्ष केन्द्रबाटै लिने तयारी थालिएको बताउनुभयो ।

    ढिलो गरी शैक्षिकसत्र सुरू भएको कारण यो वर्षको एसईई परीक्षा वैशाखमा गर्ने विषयमा छलफल अघि बढाएको छ ।

    विशेष गरी सामुदायिक विद्यालयले ढिलो गरी पठन पाठन सुरू भएकाले एसईई परीक्षा ढिलो गर्न सुझाव दिएको थियो ।

    त्यही सुझावको आधारमा बोर्डले वैशाखामा गर्ने तयारी अघि बढाएको हो ।

    यो खबर आजको नेपाल समामचापत्रमा छापिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology