Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दैनिक एउटा अण्डा खानुहोस्, यस्ता पाँच समस्या हट्नेछन्

दैनिक एउटा अण्डा खानुहोस्, यस्ता पाँच समस्या हट्नेछन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७८ मंगलवार • १९:२६:३२ बजे
  • 976
    SHARES
  • दैनिक एउटा अण्डा खानुहोस्, यस्ता पाँच समस्या हट्नेछन्

    जाडो उत्कर्षमा पुगेको छ । शरीरलाई तातो राख्नका लागि धेरैले विभिन्न तरिका अपनाइरहेका छन् ।

    images

    यसैबीच कोरोनासँगको युद्ध पनि एउटा भिन्न चुनौती हो जसमा इम्युनिटीको ख्याल राख्नैपर्ने भएको छ ।

    के तपाईंलाई थाहा छ, अण्डामा ती सबै तत्व पाइन्छन् जसको आवश्यकता हाम्रो शरीरलाई यतिबेला सबैभन्दा बढी छ ।

    अण्डाले हाम्रो शरीरलाई तातो राख्नुका साथै यसले इम्युनिटी अर्थात् प्रतिरोधी क्षमता बढाउन पनि प्रभावकारी छ ।

    आउनुहोस् चिसो मौसममा अण्डा खानुका उत्कृष्ट फाइदाबारे जानकारी लिऔं ।

    प्रतिरोधीः

    अण्डाको पहेँलो भागमा पाइने कोलिन पोषक तत्वले भरपुर हुन्छ जसले तपाईंलाई स्वास्थ राख्नुका साथै तपाईंको प्रतिरोधी क्षमता वृद्धि गरेर तपाईंले रोगसँग लड्ने शक्ति पाउनुहुन्छ । त्यसैले चिसो मौसममा विज्ञले व्यक्तिलाई आफ्नो दैनिक खानपिनमा अण्डा समावेश गर्न सल्लाह दिन्छन् ।


    कपाल बलियोः


    प्रोटिन शरीरका लागि असाध्यै आवश्यक तत्व हो । अण्डामा प्रोटिनका साथै अमिनो एसिड हुन्छ जुन शरीरका लागि निकै फाइदाजनक मानिन्छ । चिसो मौसममा दैनिक एउटा अण्डा खाँदा हाम्रो कपाल बलियो हुन्छ र छाला पनि चम्किन्छ । शरीरमा प्रोटिनको कमी हुँदा ठूलो समस्या निम्तिन सक्छ । प्रोटिनले हड्डी बलियो बनाउनुका साथै तौल नियन्त्रण गर्न पनि प्रभावकारी भूमिका निर्वाह गर्छ ।


    शरीरलाई तातो राख्छः

    चिसो मौसममा अण्डा एक निकै शक्तिशाली चिज हो । यसले हामीलाई प्रोटिन, ऊर्जाका सागै शरीरलाई तातो राख्ने भिटामिन प्रदान गर्छ । यसले शरीरलाई हानी गर्ने विषाक्त पदार्थबाट पनि टाढा राख्छ । दिनदिनै अण्डा खाँदा चिसोले तपाईंलाई असाध्यै सताउन सक्दैन र तपाईं बिरामी पर्ने सम्भावना पनि कम हुन्छ ।

    तौल घटाउन सहयोगीः

    आफ्नो दैनिक क्रियाकलापमा हरेक व्यक्ति व्यस्त छन् र यसका कारण उनीहरु आफ्नो बढिरहेको तौलमाथि ध्यान दिन पाइरहेका हुँदैनन् । अण्डामा पाइने कोलिनले स्ट्रेस रिलिज गर्छ जसका कारण तपाईंको मूड र मेटाबोलिजमलाई बुस्ट गरेर तौल नियन्त्रण गर्ने काम गर्छ ।

    मुटुको स्वास्थ्यका लागि फाइदाजनकः

    अण्डाले रक्त सञ्चारलाई दुरुस्त राखेर कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित गर्न प्रभावकारी छ । शरीरमा राम्रो रक्तसञ्चार हुँदा रोग टाढै बस्छन् र शरीरले राम्रोसँग काम गर्न सक्छ । आफ्नो दैनिक आहारमा एउटा अण्डा समावेश गर्दा मुटु रोगको खतरा पनि कम हुन्छ ।

  • सम्बन्धित विषय:

  • # दैनिक एउटा अण्डा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology