Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ध्वनिभन्दा पाँच गुणा द्रुत गतिको विमानको परीक्षण उडान

ध्वनिभन्दा पाँच गुणा द्रुत गतिको विमानको परीक्षण उडान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७८ मंगलवार • १२:४५:४६ बजे
  • 487
    SHARES
  • ध्वनिभन्दा पाँच गुणा द्रुत गतिको विमानको परीक्षण उडान

    एजेन्सी । संसारको सबैभन्दा ठूलो विमान आरओसी (रक)को परीक्षण उडान सफल भएको कम्पनीले बताएको छ।

    images

    गत आइतबार विमानको पहिलोपटक परीक्षण उडान गरिएको हो। विमान चार घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो। विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर लगाएको थियो।

    विमान निर्माता कम्पनी स्टे«टोलन्चका अनुसार यो विमान २३,५०० फिटको उचाइसम्म पुगेको थियो। हालसम्म गरिएको परीक्षणमध्ये यो सबैभन्दा सफल उडान रहेको कम्पनीको भनाइ छ। विमानको ३५ हजार फिटको उचाइसम्म उड्न सक्नेगरी डिजाइन गरिएको निर्माता कम्पनीले जानकारी दिएको छ।

    यो विमानमा बोइङ ७४७ को ६ वटा इन्जिन प्रयोग गरिएको छ। यसबाट हावामै हाइपरसोनिक एयरक्राफ्टसमेत लन्च गर्न सकिने बताइएको छ। विमानको सफल उडानले यसले भविष्यमा उच्चस्तरीय ढंगमा काम गर्न सक्ने विश्वास बढेको कम्पनीका प्रमुख कार्यकारीले बताएका छन्।

    रकेट लन्च गर्न सकिने यो विमान निर्माणको मुख्य उद्देश्य हावामै स्याटेलाइटलाई सहजै अन्तरिक्षमा लन्च गर्नु रहेको कम्पनीको भनाइ छ। विमानको तेस्रोपटक परीक्षण गरिएको हो। विमानलाई क्यालिफोर्निया राज्यको विमानस्थलबाट उडाइएको थियो।

    स्टे«टोलन्च कम्पनीको स्थापना माइक्रोसफ्टका सहसंस्थापक पल एलनले सन् २०११ मा गरेका थिए। यो विमानले सुपरसोनिक वाहनलाई सहजै अन्तरिक्षमा लिएर जान सक्छ।

    यसमा प्रयोग गरिएको शक्तिशाली ६ वटा इन्जिनले २४९४७५.८०४ किलो तौललाई हावामा ३५ हजार फिटको उचाइसम्म लिएर जान सक्छ। यो एक ‘कन्सेप्ट एयरक्राफ्ट’ हो, जसले अधिक उचाइबाट रकेट लन्चसमेत गर्न सक्छ।

    यसका मालिक एलनको २०१८ मा निधन भएपछि कम्पनी बिक्री गरिएको थियो। यसका नयाँ मालिक अब यो विमानबाट हाइपरसोनिक रकेट लन्च गर्न चाहन्छन्, जसको गति ध्वनिभन्दा पनि पाँच गुना ज्यादा हुन्छ।

  • सम्बन्धित विषय:

  • # परीक्षण उडान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology