Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जनगणना २०७८ः १० वर्षमा केवल ३२ जना मात्रै बढे

जनगणना २०७८ः १० वर्षमा केवल ३२ जना मात्रै बढे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७८ शनिवार • १०:१२:४९ बजे
  • 889
    SHARES
  • जनगणना २०७८ः १० वर्षमा केवल ३२ जना मात्रै बढे

    । २०६८ सालको जनगणनाअनुसार सल्यानस्थित दार्मा गाउँपालिकाको जनसङ्ख्या १९ हजार ९६६ थियो ।

    images

    २०७८ को प्रारम्भिक जनगणनाअनुसार यहाँको जनसङ्ख्या मात्र ३२ जनाले बढेको छ । यसभन्दा अघि गाउँपालिका आफैले गणना गर्दा २३ हजार ४ सय १८ जनसङ्ख्या रहेको तथ्याङ्क निकालेको थियो ।

    १० वर्षपछि भएको जनगणनामा दार्मा गाउँपालिकाको जनसङ्ख्या ३२ जनाले मात्र बढ्नु प्रारम्भिक गणना नै त्रुटिपूर्ण भएको गाउँपालिकाकाले जनाएको छ ।

    गाउँपालिकामा उल्लेख्य बसाइसराइ र अस्वाभाविक मृत्युदर पनि नभएको भन्दै गाउँपालिकाले गणकलाई त्रुटिपूर्ण तथ्याङ्क सङ्कलन गर्दा आफ्नो पालिकाको यथार्थ जनसङ्ख्या आउन नसकेको बताएको छ ।

    गाउँपालिकाको जन्मदर पनि ठिकै भएको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए । अध्यक्ष केसीले उक्त तथ्यांकप्रति सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेका छन् ।

    समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # जनगणना २०७८
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology