Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

तपाईंको आजको राशिफल

तपाईंको आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७८ शुक्रवार • ०९:२५:३५ बजे
  • 1.7K
    SHARES
  • तपाईंको आजको राशिफल

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
    मेष राशिका जातकका लागि रोजगारीको क्षेत्रमा सफलता प्राप्त हुन सक्नेछ । आजको दिन नजिकको शिवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।

    images

    वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
    व्यापारव्यवसायमा हुनुहुन्छ भने अर्थलाभले वृष राशि भएका जातकका लागि खुसियाली हुनसक्छ । आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश पनि नहुनु होला । सकारात्मक सोचले मात्र तपाईंले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ । आज तपाईमाथि परिवारका सदस्यले अनावश्यक आरोप लगाउन सक्छन् ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
    आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । आजको दिन परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् ।कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेस हुनेछ । नियमित काम बाहेक अन्य काममा त्यति ध्यान नदिनु होला ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
    आजको दिन शुभ छ । त्यसैले आजको दिन आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा हुने काम नगर्नुहोला । सामाजिक सेवाको काममा लाग्नु होला। मानसम्मान मिल्नेछ । कसैसँग अनावश्यक विवाद नगर्नुहोला ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
    तपाईंलाई परिवार र सहकर्मीबाट साथ सहयोग प्राप्त हुनेछ । जे सोचेर काम गर्नुभएको छ त्यो सफलता मिल्नेछ । कसैसँग वादविवाद हुने काम नगर्नुहोला । विहान सूर्योदयको दर्शन गरेर काम शुरुवात गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन मौन र देवालय, शिवालय यात्राले निकै खुसी तुल्याउने छ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो)
    कन्या राशिका जातका लागि आजको दिन मित्र र आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आजको दिन केही खानेकुरा बालक र बृद्ध ब्यक्तिलाई दिनुभयो भने तपाईमाथि लाग्ने अनावश्यक आरोप रोकिन सक्छ ।

    तुला (रा(री(रु(रे(रो(ता(ती(तु(ते)
    आजको दिन सुरु गरेको काम सफल हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला। कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला ।

    वृश्चिक (तो(ना(नि(नु(ने(नो(या(यि(यु)
    वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
    सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सेवा गरिरहेको क्षेत्रबाट अर्थलाभ हुनेछ । परिवारका सदस्यहरु बीच विवाद हुनसक्छ । त्यसैले आजको दिन मौन रहनु राम्रो हुनेछ । कसैसँग विवाद हुने कुनै काम नगर्नुहोला ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । अर्थलाभका कामबाट मनमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ । दुःखी लाई खान दिने र बालबालिकालाई अध्ययन सामग्री दिनुभयो भने हर्ष छाउनेछ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
    कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आज विहान सूर्योदयको दर्शन गरी दिनको काम शुरुवात गर्नुहोला ।

    मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
    सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । अध्यापन, लेखनमा रुचि बढ्नेछ। सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन सामाजिक क्षेत्रमा गर्नुभएको कामले भविष्यमा सफलता मिल्नेछ । कुनै कुमारी कन्यालाई भोजन र बस्त्र दान गर्नु राम्रो हुनेछ ।

  • सम्बन्धित विषय:

  • # तपाईंको आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology