Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एचआइभीको सुपर स्ट्रेन फेला पर्‍यो

एचआइभीको सुपर स्ट्रेन फेला पर्‍यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७८ शनिवार • १५:५५:०३ बजे
  • 1.0K
    SHARES
  • एचआइभीको सुपर स्ट्रेन फेला पर्‍यो

    विश्व एकातिर कोरोना भाइरसको भेरिएन्टहरुसँग जुझ्नका लागि लागिरहेको छ भने यसैगरी अर्कातिर एचआइभीको पनि नयाँ भेरिएन्ट देखापरेको छ ।

    images

    नेदरल्यान्डमा वैज्ञानिकले एचआइभीको एक यस्तो स्ट्रेन फेला पारेका छन्, जसले भाइरसको विद्यमान भेरियन्टको तुलनामा बिरामीको स्वास्थ्य तीव्र रूपमा असर पुर्‍याउँछ ।

    एचआइभीबाट सङ्क्रमित भइसकेपछि मानिसमा एक्वायर्ड इम्यून डिफिसियन्सी सिन्ड्रोम (एड्स) अवस्था बन्न जान्छ । यो भाइरस सामान्य रूपमा असुरक्षित यौन सम्बन्ध राख्नाले हुने गर्छ ।

    यसले बिरामीको शरीरमा रहेको सीडी–४ नामको प्रतिरक्षा सेल्सलाई समाप्त पारिदिन्छ । यद्यपि एचआइभी/एड्सको कुनै स्थायी उपचार छैन । यसबाट केवल बचाउन मात्रै सकिन्छ ।

    अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकको अनुमान अनुसार यो नयाँ भेरिएन्टको नाम भीबी भेरिएन्ट दिइएको छ । यद्यपि यो नेदरल्यान्डमा तीव्र दरमा फैलिरहेको छ ।

    यसबाट सङ्क्रमित मानिसमा सीडी–४ सेल दुई गुणा तीव्र दरमा कम हुने पाइएको छ । सही समयमा जाँच नहुनाले यसका बिरामीमा एड्सको चरण छिट्टै आउन सक्छ ।

    अर्थात् पछिल्लो एचआइभीको भेरिएन्टको सङ्क्रमण भएपछि एड्सको समय ६–७ वर्ष पछि आउने गर्दथ्यो । भीबीबाट सङ्क्रमित भएपछि यो स्थिति २–३ वर्षमै आउन सक्ने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # एचआइभी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology