Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अविवाहित जोडीको गर्भपतन रोक्ने तयारी

अविवाहित जोडीको गर्भपतन रोक्ने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७८ शुक्रवार • १५:४९:०२ बजे
  • 1.0K
    SHARES
  • अविवाहित जोडीको गर्भपतन रोक्ने तयारी

    बेइजिङ । चीनको परिवार नियोज संघले अविवाहित मानिस र वयस्कका कारण हुने भ्रुण हत्या नियन्त्रण गर्ने योजना ल्याएको छ ।

    images

    अनिच्छुक र अप्रत्यासित गर्भाधारण रोकेर राष्ट्रिय उर्वरता र सार्वजनिक स्वास्थ्य रक्षा गर्ने उदेश्यले सरकारले पछिल्लो कदम चालेको हो ।

    चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार पछिल्लो पहल अविवाहित जोडीबीच हुने असुरक्षित गर्भधारणलाई रोकथाम गर्ने परिवार नियोजन संंघको लक्ष्यसँग मेल खान्छ । एकभन्दा बढी पटक गर्भपतन गर्दा बाझोपन हुने संघले बताउँदै आएको छ ।

    पछिल्लो कदम निश्चित समूहहरुको प्रजनन स्वास्थ्य सुधारतर्फ पनि लक्षित छ । यस योजनालाई जनवरीको मध्यतिर सार्वजनिक गरिएको थियो । योजनालाई लिएर चीनको सामाजिक सञ्जाल विबोमा बहस र विरोध बढेको थियो ।

    नरम उपाय मानिएको प्रजनन स्वास्थ्य शिक्षाबाट पनि अनिच्छुक गर्भ र गर्भपतन न्यून गर्न सकिने केही विज्ञको भनाई छ । ग्लोबल टाइम्सका अनुसार चीनमा अनिर्णित गर्भपतनमा २० वर्षभन्दा कम उमेरका व्यक्ति बढी जिम्मेवार छन् ।

    सरकारले ल्याएको पछिल्लो योजनामा चिनियाँ परिवारहरुलाई एक भन्दाबढी सन्तान जन्माउन आह्वान गरिएको छ । चीन सरकारले दम्पत्तिलाई गत वर्षदेखि तीन सन्तानसम्म जन्माउन अनुमति दिएको थियो ।

    जन्म दरमा कमी र बढ्दो बृद्ध जनसंख्याका कारण सरकारले दम्पत्तिलाई सन्तान जन्माउन उत्प्रेरणा दिँदै आएको छ ।

  • सम्बन्धित विषय:

  • # अविवाहित जोडी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology