सरकारले नयाँ शैक्षिक सत्र जेठदेखि सुरु गर्ने निर्णय गरेकाे छ । शिक्षा, विज्ञान प्रविधि मन्त्रालय अन्तर्गतकाे शिक्षा तथा मानव स्राेत विकास केन्द्रकाे शिक्षक व्यवस्थापन समन्वय शाखाले बुधवार एक सूचना जारी गर्दै उक्त निर्णय भएकाे जनाएकाे छ ।
सूचनामा भनिएकाे छ, ‘विद्यालयले शैक्षिक सत्र २०७९ काे नयाँ भर्ना बैशाख महिनामै सुरू गर्ने । २०८९ जेठ १ गतेदेखि नै नियमित पठनपाठन गर्ने ।’
त्यसैगरि उक्त सूचनामा माध्यमिक शिक्षाकाे कक्षा दशकाे परिक्षा २०७९ बैशाख ९ गतेदेखि सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेकाे अवस्थामा स्थानीय तहले कक्षा ८ काे परीक्षा २०७९ बैशाखमा अनुकुल समयमा गराउन निर्देशन पनि दिएकाे छ ।
शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले जेठ १ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको हाे ।