Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

महँगियो स्मार्टफोन, चर्चित ब्रान्डले रुसमा आफ्ना उत्पादन बिक्री नगर्ने

महँगियो स्मार्टफोन, चर्चित ब्रान्डले रुसमा आफ्ना उत्पादन बिक्री नगर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २, २०७८ बुधवार • १६:३०:३८ बजे
  • 730
    SHARES
  • महँगियो स्मार्टफोन, चर्चित ब्रान्डले रुसमा आफ्ना उत्पादन बिक्री नगर्ने

    युक्रेनमाथि रुसी हमलाको मूल्य युक्रेनका अतिरिक्त रुसले पनि चुकाएको छ । रुसमा उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । प्रतिबन्धका कारण वितरण प्रभावित हुँदा स्मार्टफोन र टेलिभिजिनको लागत १० प्रतिशतभन्दा बढेको छ । नाइक, एप्पल, आइकेआ जस्ता मूख्य ब्रान्डले रुसमा आफ्नो उत्पादन बिक्री नगर्ने भएका छन् ।

    images

    बैंकिङ प्रणालीमा असर


    रुसी वित्तीय संस्थाहरूलाई स्वीफ्ट अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट हटाइएको छ, जसकारण रुसमा लेनदेन गर्न कठिनाइ भएको छ । एपल, गुगल पे, मास्टरकार्ड, भिसा र अन्यले पनि रुसमा आफ्नो सेवा सीमित गरेका छन् ।

    रुसीले लुगा र खानेकुरामा बढी खर्च गर्छन्.


    राज्य सञ्चालित प्रोम्सभ्याज बैंक (पिएसबी)का अनुसार युद्धको संकेत थाहा पाएपछि रुसीहरू विद्युतीय र औषधिजन्य सामाग्री किन्न पसलमा हतारिएका थिए । मार्चको पहिलो साता उनीहरूले लुगा र खानामा बढी खर्च गरेका थिए । प्रतिबन्धका कारण रुसको व्यापार कटौतीपछि उनीहरूले सामानहरू भण्डारण गरेका थिए ।

    मुद्रास्फीति र भण्डारणको हतारका कारण एक साधारण रुसीले मार्चको पहिलो साता फेब्रुअरीको औसत तुलनामा २१ प्रतिशत बढी खर्च गरेको पिएसबीले एउटा नोटमा जनाएको छ । क्रेडिट र डेबिट कार्डको विश्लेषणपछि पिएसबीले सो जानाकारी दिएको हो ।

    रुसी हमलापछि विद्युतीय सामग्रीको मूल्य ४० प्रतिशतले बढेको छ । फार्मेसी बिक्री २२ प्रतिशत बढेको छ । लुगा, जुत्ता र सुपरमार्केटमा खर्च १६ प्रतिशतले बढेको पिएसबीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # महँगियो स्मार्टफोन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology