Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

करी पत्ता सेवन गर्नुका फाइदाहरु

करी पत्ता सेवन गर्नुका फाइदाहरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ५, २०७८ शनिवार • ०८:५१:०२ बजे
  • 1.3K
    SHARES
  • करी पत्ता सेवन गर्नुका फाइदाहरु

    खानेकुरालाई स्वादिष्ट बनाउन करी पत्ताको प्रयोग गर्ने गरिन्छ । केही खानेकुराहरु यसको पातको प्रयोगविना स्वादवीहिन बन्छन् । खानेकुराको स्वाद बढाउने करी पत्ता स्वास्थ्यका लागि भने अत्यधिक फाइदाजनक छ । यसको सेवन बिहान खाली पेटमा गर्दा यसले झन् धेरै फाइदा गर्छ । पेटसम्बन्धी हरेक रोगको समाधानका लागि करी पत्ताको सेवन गर्न आवश्यक छ । यसको सेवनले तौल नियन्त्रण हुने, मधुमेह जस्ता रोगको पनि नियन्त्रण हुने गर्छ । करी पत्तामा भिटामिन ए, बी, सी र बी२ पाइन्छ । यसका साथै, छाला, आँखा र रगतलाई स्वस्थ राख्न पनि यसको सेवन गर्न आवश्यक छ । 

    images

     

    तौल कम गर्न मद्दत गर्छ
    करी पत्तामा कार्बालोज एल्कलोइड नामक तत्व पाइन्छ । यसलाई थुप्रै औषधिहरुमा प्रयोग गरिन्छ । यसले तौल बढ्न दिँदैन । र, तौल बढी भएमा विस्तारै विस्तारै कम हुँदै जान्छ । यसले कोलेस्ट्रोल बढ्न दिँदैन र तौल नियन्त्रण गर्छ । 


    पेटका लागि 
    बिहान खाली पेटमा करी पत्ता खाँदा पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ । पेटसम्बन्धी समस्यामा करी पत्ताले रामवाण जस्तै काम गर्छ । पेटमा कुनै समस्या भएमा मोहीमा सुकाएको करी पत्ताको पात पिसेर हाल्ने र पिउने गर्दा समाधान हुन्छ । 


    स्मरणशक्ति कमजोर भएमा 
    विभिन्न अध्ययनले करी पत्ता खाँदा भुल्ने समस्याबाट बच्न सकिन्छ । साना साना कुराहरु भुल्ने समस्या छ भने करी पत्ता खान सुरु गर्नुहोस् । यसले स्मरणशक्तिमा आउने समस्या हराउँदै जान्छ । 


    मधुमेहबाट छुटकारा 
    करी पत्ताले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने मात्र होइन यसले प्यानक्रियाजमा इन्सुलिन बनाउने कोशिकाहरुलाई पनि बचाउँछ । यसमा कपर, आइरन, जिंक जस्ता तत्वहरु पाइने भएकाले मधुमेहका बिरामीले बिहान खाली पेटमा यसको सेवन गर्नुपर्छ । 


    आँखाको ज्योती बढाउँछ 
    करी पत्तामा भिटामिन एको मात्रा भरपुर हुन्छ । यसको सेवनले आँखाको रोशनी तेज हुन्छ । आँखामा भएको मोतियाँबिन्दु पनि यसको सेवनले कम हुन्छ । 


    कपाल
    करी पत्ताको सेवनले कपालमा हेयर फोलिकल्समा सुधार आउँछ । यसले कपाल उमार्ने काम गर्छ । र, कपाल फुल्ने समस्याबाट पनि बचाउँछ । 

  • सम्बन्धित विषय:

  • # करी पत्ता सेवन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology