Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अत्यधिक गर्मीमा पिउनुस् ‘डिटोक्स वाटर’

अत्यधिक गर्मीमा पिउनुस् ‘डिटोक्स वाटर’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १२, २०७८ शनिवार • १४:०२:३८ बजे
  • 1.1K
    SHARES
  • अत्यधिक गर्मीमा पिउनुस् ‘डिटोक्स वाटर’

    पानीलाई डिटोक्स गरेर पिउँदा थुप्रै फाइदा हुन्छ । यसले शरीरमा लाग्ने धेरै प्रकारका रोगहरुबाट बचाउँछ । यसको सेवन हरेक दिन गर्नेहरुको शरीरमा कहिल्यै पानीको कमी हुँदैन ।

    images

    साथै, तौल कम गर्न पनि यसले सहयोग गर्छ । डिटोक्स वाटरले शरीरभित्र रहेको टक्सिनहरुलाई बाहिर निकाल्ने काम गर्छ । जसले गर्दा पाचन प्रक्रिया पनि स्वस्थ रहन्छ । 


    काँक्रोबाट डिटोक्स वाटर बनाउने तरिकाः 


    एउटा काँक्रो, आधा लिटर पानी, कालो नुन, सेतो नुन, एउटा कागती र पुदिनाको पातहरु जम्मा गर्ने । सबैभन्दा पहिले काँक्रोलाई साना–साना टुक्रा बनाएर काट्ने र त्यसलाई आधा लिटर पानीमा हाल्ने । स्वादअनुसार कालो नुन, कागती मिसाउने ।

    जसलाई ४ देखि ५ घण्टासम्म फ्रिजमा राख्ने । र त्यसलाई बाहिर निकाल्ने । यसमा पुदिनाको पात हालेर हरेक बिहान खाली पेटमा पिउँदा गर्मीमा निकै फाइदाजनक हुन्छ । 


    स्याउको डिटोक्स वाटर बनाउने तरिकाः 


    २ वटा स्याउ, दालचिनीको टुक्रा, आधा लिटर पानी र कागती जम्मा गर्ने । 


    सबैभन्दा पहिले स्याउलाई सानासाना टुक्रा बनाएर काट्ने र काटेको स्याउलाई पानीमा हाल्ने । र त्यसमा दालचिनीको टुक्रा मिसाउने । त्यसमा कागतीको रस हालेर ४ घण्टाजति फ्रिजमा राख्ने र बिहान खाली पेटमा खाने ।

    यसको लगातार सेवन गर्दा विभिन्न रोगहरुबाट बच्न सकिन्छ । यसले मिर्गौलालाई सफा राख्न भने दालचिनीले शरीरमा भएको टक्सिन हटाउन पनि मद्दत गर्छ । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology