Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मानिसको रगतमा देखियो प्लास्टिकको अंश,ज्यानै जान सक्ने बिरामीको कारण बन्न सक्छ: विज्ञ

मानिसको रगतमा देखियो प्लास्टिकको अंश,ज्यानै जान सक्ने बिरामीको कारण बन्न सक्छ: विज्ञ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १५, २०७८ मंगलवार • १३:५०:३७ बजे
  • 1.4K
    SHARES
  • मानिसको रगतमा देखियो प्लास्टिकको अंश,ज्यानै जान सक्ने बिरामीको कारण बन्न सक्छ: विज्ञ

    प्लास्टिक बन्द गर्ने र यसको प्रयोग रोक्न विश्वभरी फरक–फरक अभियान चलाइँदै आएको छ । केही समय पहिले समुद्री जीवको शरीरमा माइक्रो प्लास्टिक प्रवेश गरेको थियो । जसबाट यी जीवहरूको मृत्यु भएको थियो ।

    images

    हाल नेदरल्यान्डका वैज्ञानिकले एक अचम्म लाग्ने अनुसन्धान गरेका छन् । उनीहरुले मानिसको रगतमा पनि प्लास्टिकको टुक्रा खोजेर निकालेका छन् । यस्तो विश्वमा पहिलो पटक भएको हो ।

    यी टुक्रा देख्नमा अत्यन्त सानो वा माइक्रो प्लास्टिक हो । यो अध्ययनमा वैज्ञानिकले २२ जना मानिसको नमुना लिएका थिए । जसमा १७ जनाको रगतमा प्लास्टिकको अंश पाइएको थियो । यसलाई अत्यन्त चिन्ताजनक भएको बताइएको छ ।

    के हो माइक्रोप्लास्टिक ?


    माइक्रो प्लास्टिक ५ मिलीमिटर वा योभन्दा पनि कम आकारको सानो प्लास्टिकको टुक्रा हुन्छ । यो यति सानो हुन्छ, म्याग्नीफाइ ग्लासबिना यसलाई देख्न मुश्किल हुन्छ  ।

    वैज्ञानिकहरु अझैपनि यी साना अंशको प्रभाव कम गर्ने कोसिस गरिरहेका छन् । यो पानी, खानाको सामान र जमिनको सतह जस्ता स्थानमा रहन्छ । यसैको माध्यमबाट यो शरीरमा पुग्छ  ।


    रगतमा पाइएका ५ किसिमका माइक्रोप्लास्टिक


    अनुसन्धानको अवधिमा वैज्ञानिकलाई मानिसको रगतमा ५ किसिमको प्लास्टिक प्राप्त भएको थियो । यसमा मुख्य रुपमा पोलिमेथाइल मेथेक्रिलेट, पोलिप्रोपाइलिन, पोलिस्टाइनिस, पोलिथाइलिन र पोलिथाइलिन टेरेफ्थेलेट समावेश छन् ।


    शरीरमा गइरहेको छ बोतल, फुड प्याकेजका प्लास्टिक 


    यसका अतिरिक्त २३ प्रतिशत मानिसमा पोलिइथाइलिन पाइएको थियो । जुन प्लास्टिक ब्यागमा पाइन्छ । केवल एक व्यक्तिमा पोलिमेथाइल मेथेक्रिलेट पाइएको थियो र कुनै पनि रगतको नमुनामा पोलिप्रोपाइलिन पाइएको थिएन ।


    शरीरमा यसरी हुन्छ प्लास्टिको प्रवेश 


    प्लास्टिक हावाको साथसाथै खानपिनबाट पनि मानिसको शरीरमा प्रवेश गर्न सक्छ । मानिसलाई प्लास्टिकको सानो–सानो अंश खादा, पानी पिउँदा र सास लिदाको समयमा शरीरभित्र प्रवेश गर्छ ।


    के भन्छन् विज्ञ ?


    नेदरल्यान्डको ब्रिजे युनिभर्सिटी एम्सटर्डमका प्राध्यापक डिक भेथाकले यो अवस्थामा चिन्तित हुनु आवश्यक भएको बताएका छन् । किनकी माइक्रोप्लास्टिकको यो अंश मानिसको पूरै शरीरमा पनि जान सक्छ ।

    यो एक ज्यानै जान सक्ने बिरामीको कारण बन्न सक्छ । अझै पनि यो विषयमा थप अनुसन्धानको आवश्यकता भएको भेथाकले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # मानिसको रगतमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology