Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

तपाईंकाे राशिफल

तपाईंकाे राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २१, २०७८ सोमवार • १०:०५:०३ बजे
  • 1.6K
    SHARES
  • तपाईंकाे राशिफल

    तपाईंकाे राशिफल

    images

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : रोजगारीको क्षेत्रमा सफलता मिल्ने छ । सोमबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै शिवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुने छ । चन्द्रमाको साथ छ । 

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारमा सोचेअनुसार नहुन सक्छ । त्यसैले आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । आजको दिन तपाईंको मन, बचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईंले आफ्नो दैनिककाम सम्पादन गर्न सक्नु हुन्छ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : तपाईंको मनमा अनेक कुरा खेल्ने छ । परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  दिन कष्टकर हुनेछ, मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज हरेक कुराका सकारात्मक सोच राख्न सक्नुभयो भने मात्र तपाईंमा खुसीयाली छाउने छ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउन सक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नु होला । आजको दिन कसैसँग विवाद भयो भने तपाईं र तपाईंसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुन सक्छ ।  

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुने छ । यात्राका समस्या हुन सक्छ । त्यसैले यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर शुभ साइतमा यात्रा गर्नुहोला । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुने छ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : मनमा चिन्ता र भय उत्पन्न हुने छ । तपाईंका कारण आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता प्राप्त हुने छ । कन्या राशिका जातकले आज स्त्री जातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । आजको दिन केही आर्जित धनराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंले आजले आजका दिन सुरु गरेका काम सफल हुने छन् । तपाईंको कार्यमूलक यात्रा हुने छ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नु होला । तपाईंलाई सफलता हात लाग्ने छ । कुनै कामबीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : चन्द्रमाको दृष्टिका कारण आज वृश्चिक राशिका जातकले सोचअनुसार काम हुने छ । तपाईंले आफ्नो ग्रह बलियो भएको बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्ने छ । आजको दिन तपाईंले शिवालयमा गएर जल अर्पण गर्नुभयो भने सुनमा सुगन्ध हुनेछ । आजको दिन शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्ने छ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : धनलाभ हुने छ । ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुने छ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुने छ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । आजको दिन शिवालय यात्राले मनमा प्रसन्नता छाउने छ ।   

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : तपाईंले गरेको कामबाट सम्मान मिल्ने छ । तपाईंलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुने छ । आजको दिन लक्ष्मीको आरधनाले तपाईंलाई मनमा प्रसन्नता छाउने छ । विगतदेखि गर्दै आएका कामको मूल्यांकन हुने छ । आजको दिन आफ्नो काममा मात्र ध्यान दिनु उत्तम हुने छ।  

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुने छ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्ने छ । आजको दिन घर नजिकको मन्दिरमा दर्शन गर्नुभयो भने तपाईमा थप उर्जा मिल्ने छ ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : स्वास्थ्यमा सुधार हुनेछ । मनमा प्रसन्नता छाउने छ । लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा सुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्ने छ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्ने छ ।

  • सम्बन्धित विषय:

  • # तपाईंकाे राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology