Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बर्डफलू नियन्त्रणबाहिर, लकडाउन गर्ने विभागको तयारी

बर्डफलू नियन्त्रणबाहिर, लकडाउन गर्ने विभागको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २१, २०७८ सोमवार • १७:४६:०८ बजे
  • 1.1K
    SHARES
  • बर्डफलू नियन्त्रणबाहिर, लकडाउन गर्ने विभागको तयारी

    कुखुराको संक्रामक रोग बर्डफ्लू नियन्त्रणवाहिर गएको सरकारी अधिकारीले बताएका छन् । संक्रमण बढेपछि पशु सेवा विभागले लकडाउनको तयारी गरेको छ ।

    images

    भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले आज काठमाडौंमा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा पशु सेवा विभागका महानिर्देश डा .राम नन्दन तिवारीले बर्डफ्लू संक्रमण नियन्त्रणबाहिर गएको बताए । उनका अनुसार गत माघदेखि प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा बर्डफ्लूको संक्रमण बढेको छ ।

    हालसम्म हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स टर्की काग ,प्यारेन्ट कालिज र लौकाटमा पुष्टि भएको उनले जानकारी दिए । कुखुरापालन हुने देशका मुख्य सहरहरू मोरङ, काठमाडौं, सुनसरी, सिन्धुपाल्चोक, कास्की, उदयपुर, ललितपुर, भक्तपुर, पर्सा ,मकवानपुर,धनुषा र बारामा बर्डफ्लू संक्रमण रफ्तारमा फैलिएको छ ।

    पोल्ट्री व्यवसायीले समयमा नै विभागको सल्लाह मानेर पोल्ट्री लकडाउन जानुको विकल्प नभएको पनि उनले प्रष्ट पारे । ‘नेपाल दाना उद्योग संघका अध्यक्ष रवीन पुरीले लकडाउनको प्रकृतिबारे प्रष्ट पार्न आग्रह गरे । उनले भने, ‘तपाईंहरुले ओसारपसार बन्द र लकडाउन भन्नुहुन्छ, त्यो कस्तो हो स्पष्ट पारिदिनुहुन अनुरोध छ,’ पुरीले भने ।

    नेपाल दाना उद्योग संघका पूर्वअध्यक्ष नारायणहरि खत्रीले विभागले अनुगान फितलो भएको बताए उनले एक प्रसंगमा भने भक्तपुरमा एक ठाँउमा बर्डफ्लु देखीको तर त्यसको नजिकै रहेको अर्को कुखुरा फार्मले मज्जाले कुखुरा बेचीरहेको अवस्था छ तसर्थ तत्कालै बन्द गर्नु मात्र समस्याको समाधन नभएको तर व्यावसायी पनी रहने खालको संयत्र बनाएर नियन्त्रणमा लाग्न सुझाब दिए ।

    पोल्ट्री विज्ञ एवं नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनका आयोजना निर्देशक डा.उमेश दाहालले अहिल कुनै पनी व्यावसायीले मेरो कुखुरा मरेको छैन भनेर अछुतो नबन्नुहोला भोलीका दिनमा यस्तै अवस्था आए कुनै पनी कुखुरा नरहन सक्ने तर्फ संकेत गर्दै विभागले खाली सल्लाह मात्र नगर्न चाडै एक्सनमा उत्रिनु पर्ने सुझाव दिए ।

    उनले दाना ढुवानीमा नरोकी कुखुरा ओसार पसारमा केही हप्ता कडाईका साथ रोक्नु पर्ने बताए । नेपाल पोल्ट्री महासघका महासचिव दिनेशराज मिश्रले नेपालमा फैलिएको बर्डफ्लूको क्षति ठूलो हुने उल्लेख गर्दै पूर्वतयारीमा जोड दिन आग्रह गरे । क्षति न्यूनीकरणका लागि भ्याक्सिनेसनमा जोड दिनुपर्ने उनको सुझाव छ ।

    यद्यपि, नेपाल विश्व पशु स्वास्थ्य संगठनको सदस्य राष्ट्र भएकाले भ्याक्सिन स्वीकृत दिन भने कानूनले रोकेको छ । पशु चिकित्सक डा.मोदनाथ गौतमले आफुले यसको रोकथामका लागि पहिले नै ढुवानी रोक्न सल्लाह दिए पनि नसुनेको भन्दै चिन्ता व्यक्त गरे ।

    पूर्वतयारीमा ढिलाइ भएकाले सरोकारवालासँग छलफल गरेर विभागमा आउन उनले आग्रह गरे । कार्यक्रममा पशु सेवा विभागका डा.बरुण शर्मा,प्रयोगशालाकी प्रमुख डा.शर्मिला चापागाई,क्वारेन्टाइन प्रमुख लक्षमण ढकाल एवंऔषधि व्यावसायी संघका पदाधिकारीका साथै पोल्ट्री व्यावसायी लगायतको उपस्थिति थियो ।

  • सम्बन्धित विषय:

  • # विभागको तयारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology