Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यसकारण भरिन्छ पेटमा ग्यास

यसकारण भरिन्छ पेटमा ग्यास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २६, २०७८ शनिवार • १०:२९:१० बजे
  • 1.3K
    SHARES
  • यसकारण भरिन्छ पेटमा ग्यास

    पेटमा ग्यास भरिनु सामान्य कुरा हो । पाचन नलीमा हावा भरिएपछि ग्यास बन्न सुरु हुन्छ । सामान्य व्यक्तिले प्रतिदिन १ देखि ४ पोइन्ट ग्यास पास गर्ने गर्छ । पेटमा ग्यास बन्नुको कारण ब्लोटिङ पनि हुनसक्छ ।

    images

    जसको कारण मुश्किल पर्न सक्छ । पेटमा बन्ने ग्यासले तपाईंको छाती, पिठ्यूँमा असर पार्न सक्छ । जुन व्यक्तिको पाचन प्रक्रिया सही हुँदैन त्यस व्यक्तिमा ग्यासको समस्या धेरै हुन्छ । जो व्यक्तिको पाचन प्रक्रिया सही हुन्छ ति व्यक्तिहरुको पेटमा ग्यास भरिने सम्भावना कम हुन्छ ।

    पेटमा ग्यास बन्नुका अन्य कारणहरु पनि छन् । 


    केही खानेकुरा


    पेटमा बन्ने ग्यासको कारण केही खानेकुराहरु हुन सक्छन् । जुन खानेकुरा पचाउन गाह्रो हुन्छ । जसमा कार्बोहाइड्रेट पनि पर्छ । यसलाई पचाउन मुश्किल हुन्छ । यो खानेकुरा पेटमा पुगेपछि ठूलो आन्द्रामा हुने ब्याक्टेरियाले यसलाई टुक्र्याउने काम गर्छन् जसको कारण पेटमा ग्यास पैदा हुन्छ । 


    फ्याटी फुड
    अधिक मात्रामा फ्याटी फुडको सेवन गर्दा पेटमा ग्यास बन्ने गर्छ । यस्ता खानेकुरा खाँदा पेटमा ब्लोटिङ र अत्यधिक मात्रामा ग्यास पैदा हुन्छ । फ्याटी फुड खाँदा पेटमा हाइड्रोजन, कार्बनडाईअक्साइड र मिथेन ग्यास बन्न थाल्छ । यदि कसैलाई आईबीएसको समस्या छ भने यस्तो समस्या झन् बढ्छ । 


    खानासँगै पानी 


    खाना खाँदाखाँदै पानी पिउँदा पेटमा ग्यास भरिन्छ । जसले गर्दा पाचन प्रक्रियामा नराम्रो असर पर्छ । यसले गर्दा ब्लोटिङ हुने र ग्यास बन्ने समस्या पैदा हुन्छ । यसको समाधानका लागि खाना खाने समयमा पानी पिउन हुँदैन । 

    व्यायाम 


    व्यायाम गर्दा पसिना आउँछ । पानी आउँदा शरीरमा सोडियम निस्किन्छ । जसको कारण पनि ब्लोटिङको समस्या सामना गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा आफूलाई हाइड्रेट राख्ने गर्नुपर्छ । पानी धेरै पिउने गर्नुपर्छ । व्यायाम गर्ने समयमा धेरै मात्रामा पानी पिउने गर्दा ब्लोटिङको समस्या हुँदैन । 

    खोकीको औषधि

     
    खोकीको औषधिको सेवन गर्दा पेटमा ब्लोटिङ हुने र ग्यास भरिने सम्भावना हुन्छ किनकी यस्ता औषधिमा आर्टिफिशियल स्वीटनर्सको प्रयोग भएको हुन्छ । जसको कारण यसलाई पचाउन पेटलाई धेरै मुश्किल पर्ने भएकाले पेटका ब्याक्टेरियाहरु झन् धेरै बढ्ने भएकाले ग्यास भरिने र पेटमा दुखाई हुने गर्छ । 


    फ्रुट जुस


    केही फलफूलको जुसले कार्बोहाइड्रेट र चिनी उत्पादन गर्ने भएकाले पेटमा ग्यास बन्न थाल्छ । र दुखाई हुन सुरु हुन्छ । यसकारण जुसको सट्टामा फलफूलको सेवन उपयुक्त मानिन्छ । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology