Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

आजको तपाईंको राशिफल कस्तो छ ?

आजको तपाईंको राशिफल कस्तो छ ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २, २०७९ शुक्रवार • ०९:०४:११ बजे
  • 2.4K
    SHARES
  • आजको तपाईंको राशिफल कस्तो छ ?

    बिहीबारदेखि नयाँ वर्ष सुरुवात भए पनि शनिबार पूर्णिमापछि मात्र वैशाख कृष्णपक्ष सुरु हुने छ । शुक्रबार मनोरन्जनात्मक कार्यका लागि समय खर्च हुने गर्छ । यात्राका लागि शुक्रबारको दिन शुभ हुने छ ।

    images

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकका रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुने छ । आजको दिन नजिकको विष्णु मन्दिरमा  यात्रा गर्दा मनमा खुसीयाली छाउने छ । बिहानै सूर्योदयको  दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुने छ । तपाईंको यात्रा निकै फलदायी हुने छ ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारबाट वृष राशिमा जातकका लागि अर्थलाभ हुने छ । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । कुनै कुरा बोल्दा विचार गर्नुहोला । आजको दिन कसैप्रति अपमान हुने कुरा नगर्नुहोला ।  

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजनले तपाईमाथि साथ सहयोग दिनेछन् । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुने छ । मौन रहनु तपाईको लागि आज निकै फलदायी रहेको छ ।  

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन तपाईको शुभ रहेको छ ।   त्यसैले आजको दिन तपाईको आर्थिक र सामाजिक समस्या समाधान हुने छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाईसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुन सक्छ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक आरोप समेत लगाउन सक्ने छ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नैं बुद्धिमानी हुने छ । अध्यामिक यात्राले तपाईलाई फाइदा हुने छ।  

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातका लागि आजको दिन आफन्तसँग सम्बन्धमा चिसो पन आउन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्ने छ । आजको दिन कन्याहरुलाई केही खानेकुरा दिनु उत्तम हुने छ । कुनै देवीको मन्दिरमा यात्रा गर्दा पनि हुन्छ ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन शुरु गरेको काम सफल हुने छ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पूरा नहुँदा मनमा चिन्ता भइरहन्छ । अर्थहानी हुन सक्ने छ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्ने छ । सूर्योदयको दर्शन र जल अभिषेक गर्नु गर्दा सोच अनुसार काम बन्ने छ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्ने छ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्ने छ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : धनु राशि भएका जातकका लागि ग्रहहरु बलिया छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुने छ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुने छ । यात्रामा सफलता मिल्ने छ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामूहिक यात्राले तपाईहरुको लागि मनोरञ्जन दिने छ ।  

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन मानसम्मान मिल्ने छ । बिहानको सूर्योदयको दर्शन गरेपछिको दिन त उत्तम हुने छ । आजको दिन देवस्थलको  दर्शन गर्नाले मनमा प्रसन्नता छाउने छ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार व्यवसायबाट सफलता प्राप्त हुनेछ । आजको यात्रा निकै फलदायी हुने छ ।  

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्ने छ। आजको दिन व्रत गर्दा  तपाईको मनमा थप शक्ति मिल्ने छ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । साँझको समयमा यात्रा नगर्नुहोला ।  

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको सुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्ने छ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ। व्यापार ब्यबसायमा हानी हुन सक्ने छ । आज व्रत गरेर, मौन रहेर नियमित काममा एकचित्त भएर लाग्नु वेश हुने छ ।

  • सम्बन्धित विषय:

  • # आजको तपाईंको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology