Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अब विद्यालयमा ३० दिनमात्रै वार्षिक बिदा हुने

अब विद्यालयमा ३० दिनमात्रै वार्षिक बिदा हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २८, २०७९ बुधवार • १८:१६:२७ बजे
  • 4.3K
    SHARES
  • अब विद्यालयमा  ३० दिनमात्रै वार्षिक बिदा हुने

    सरकारी विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने भएको छ ।

    images

    शिक्षा मन्त्रालयले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेसँगै हिउँदे बिदा, वर्षे बिदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिने निर्णय भएको हो ।

    यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे बिदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन विदा पाउने व्यवस्था थियो ।

    अब यी सबै बिदालाई कटौती गरी वार्षिक ३० दिन मात्रै बिदा दिने व्यवस्था मिलाउन सर्कुलर जारी गरिएको छ । शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि सरकारी र निजी विद्यालयमा सातामा दुई दिन बिदा दिने औपचारिक निर्णय गरेको हो ।

    बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology