Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

भ्याक्सिन परीक्षण

अमेरिकाका चार कोरोना भ्याक्सिन परीक्षणअसफल हुनसक्ने

अमेरिकाका चार कोरोना भ्याक्सिन परीक्षणअसफल हुनसक्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १७, २०७७ बुधवार • २०:३६:२६ बजे
  • 1.1K
    SHARES
  • अमेरिकाका चार कोरोना भ्याक्सिन परीक्षणअसफल हुनसक्ने

    एजेन्सी । अमेरिकामा स्वास्थ्य अधिकारीहरुलाई सल्लाह दिने विज्ञ समुहको एक प्रमुख टोलीले सरकारले अनुमति दिएका चार वटा कोरोना भाइरस विरुद्धको भ्याक्सिन असफल हुने बताएका छन् । ती भ्याक्सिनहरु परीक्षणको अन्तिम क्रममा रहेका छन् ।

    images
     

    सीएनबीसीको रिपोर्टका अनुसार नेशनल एकेडेमिक्स अफ साइन्सेज इन्जिनियरिङ एण्ड मेडिसिनले जारी गरेको एक ड्राफ्ट रिपोर्टमा कुनै भ्याक्सिनले अनुमति पाए पछिको योजना पेश गरेको छ । रिपोर्टमा भनिएको छ, अमेरिकी सरकारको अपरेशन वार्प स्पीड, फेज–३ परीक्षणको क्रममा रहेका ७ भ्याक्सिनलाई अनुमति पाउन सक्छ । रिपोर्ट यिनै मध्ये ४ असफल हुनेछन् ।

    बायोस्ट्याटिक्स जर्नलमा प्रकाशित उक्त अध्ययनका अनुसार संक्रमण रोगहरुको भ्याक्सिन सफल हुने सम्भावना ३३.४ प्रतिशत हुन्छ । स्वस्थ्य विशेषज्ञहरुले पेश गरेको ड्राफ्ट योजनामा भ्याक्सिनको सफलताका लागि चार चरणमा वितरण गर्ने जनाइएको छ । स्वास्थ्यकर्मी, असुरक्षित मानिसहरु, वृद्ध र कुनै दीर्घ रोगबाट पीडित मानिसहरुलाई पहिले भ्याक्सिन दिने योजना रहेको छ । त्यसमा पनि कुनै पनि भ्याक्सिनको परीक्षणमा सहभागी मानिसहरुलाई प्राथमिकताका आधारमा सफल भ्याक्सिनको खुराक दिइने बताइएको छ ।

    स्मरणीय छ, अमेरिकी सरकारले तीब्र रुपमा कोरोना भाइरसको भ्याक्सिन तयार गर्नका लागि अपरेशन वार्प स्पीड नामको कार्यक्रम नै शुरु गरेको छ । पछिल्लो महिनासम्ममा अमेरिकाले ६ सम्भावित भ्याक्सिनका लागि अर्बौं रुपैयाँ लगानी गरिसकेको छ । यसमा Pfizer, Moderna र AstraZeneca कम्पनीका भ्याक्सिन मुख्य रहेका छन् । यी सबै तेस्रो चरणको परीक्षणमा पुगिसकेका छन् । केही भ्याक्सिनको उत्पादन भने स्वीकृति पाउनुभन्दा अघि नै शुरु गरिसकिएको छ ।

  • सम्बन्धित विषय:

  • # विज्ञान/प्रविधि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology