Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली विद्यार्थी चीन जान पाउने

नेपाली विद्यार्थी चीन जान पाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०७९ शुक्रवार • १०:११:३३ बजे
  • 1.1K
    SHARES
  • नेपाली विद्यार्थी चीन जान पाउने

    कोरोना महामारीले रोकिएका नेपाली विद्यार्थी अब चीन जान पाउने भएको छ ।

    images

    सरकारले चीनका विभिन्न विश्वविद्यालयहरूमा पठनपाठन गर्दै आएका नेपाली विद्यार्थीहरूलाई पुनः चीन जाने व्यवस्था मिलाएको हो । कोरोना महामारीका बेला नेपाली विद्यार्थी चीनबाट स्वदेश फर्के पनि त्यसपछि उनीहरू त्यहाँ जानबाट रोकिँदै आएका थिए ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीनका विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीलाई पुनः चीन जाने व्यवस्था मिलाएको छ । लकडाउनका कारणले चीन फर्किन नपाएका दुई सय ८१ जना नेपाली विद्यार्थीलाई पहिलो चरणमा चीन पठाउन लागिएको छ ।

    नेपाली विद्यार्थीको पढाइलाई निरन्तरता दिन उनीहरूलाई ती विश्वविद्यालय फर्किने व्यवस्था गरिएको हो ।

    चीन फिर्ताका लागि विद्यार्थीहरूले मन्त्रालयको वेबसाइटमा राखिएको गाइडलाइनमा उल्लेखित व्यहोराबमोजिम पुनः भिसा प्राप्तिका लागि निवेदन दिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology