Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलको २१, डिजेल-मट्टीतेलको २७ रुपैयाँले बढ्यो

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलको २१, डिजेल-मट्टीतेलको २७ रुपैयाँले बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७९ सोमवार • ०९:३१:०९ बजे
  • 970
    SHARES
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलको २१, डिजेल-मट्टीतेलको २७ रुपैयाँले बढ्यो

    नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ ।

    images

    आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य बढाएको हो ।

    निगमले बढाएको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

    मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन ।

    निगमले हवाई इन्धनतर्फ आन्तरिकमा १९ र अन्तर्राष्ट्रियमा एक सय अमेरिकी डलरले मूल्य बढाएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology