Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खोप परीक्षण

चीनले बनाएको खोप परीक्षण गर्न दिए ८ मुलुकले अनुमति

चीनले बनाएको खोप परीक्षण गर्न दिए ८ मुलुकले अनुमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०७७ आइतवार • ०९:१८:४१ बजे
  • 2.0K
    SHARES
  • चीनले बनाएको खोप परीक्षण गर्न दिए ८ मुलुकले अनुमति

    एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण रोक्न चीनले बनाएको खोप परीक्षण गर्न विभिन्न ८ मुलुकले अनुमति दिएका छन्।

    images
     

    सर्बिया र पाकिस्तानले तेस्रो चरणमा क्लिनिकल ट्रायल गर्न अनुमति दिइसकेका छन्। ​

    सर्बियामा सीएनबीजीले र पाकिस्तानमा बेइजिङ युनिटले तयार पारेको भ्याक्सिन परीक्षण गर्न लागिएको बिबिसीले जनाएको छ।

    सीएनबीजीले तयार पारेको खोपको फेज थ्री ट्रायलमा १० देशका करिब ५० हजार मानिस सहभागी हुने आंकलन गरिएको छ।

    संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टीना र जोर्डनमा यसअघि नै चीनले बनाएको खोप परीक्षण सुरु भइसकेको छ।

    यो भ्याक्सिनलाई विश्व्यापी मान्यता दिलाउन चीनले भरमग्दुर प्रयास गरिरहेको छ।

    यतिखेर चीनमा संक्रमितको संख्या निकै कम भएकाले अन्य देशमा नै चीनले यो खोप परीक्षण गरिरहेको छ।

    यो खोप चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोविक बायोटिक लिमिटेडले संयुक्त रुपमा बनाएको बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology