Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विद्युतीय चुल्होका लागि साढे २ अर्ब अनुदान

विद्युतीय चुल्होका लागि साढे २ अर्ब अनुदान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७९ मंगलवार • १२:२०:५२ बजे
  • 580
    SHARES
  • विद्युतीय चुल्होका लागि साढे २ अर्ब अनुदान

    विद्युतीय चुल्हो प्रवर्द्धनका लागि संयुक्त राष्ट्र संघले नेपाललाई साढे २ अर्ब बढी अनुदान दिने भएको छ । राष्ट्र संघअन्तर्गतको ग्रिन क्लाइमेट फन्ड (जीसीएफ)ले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई २ करोड ११ लाख २० हजार डलर (२ अर्ब ५५ करोड रुपैयाँ) अनुदान दिन लागेको हो ।

    images

    विशेष गरी नेपालको तराई क्षेत्रमा विद्युतीय चुल्होको प्रवर्द्धन गर्न सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ । करिब १० लाख घरधुरीलाई विद्युतीय चुल्हो दिने कार्यक्रमको लक्ष्य छ । पहिलो चरणमा ५ लाख घरधुरीले विद्युतीय चुल्हो पाउने छन् । यस अन्तरगत १० हजार बायोग्यास प्लान्ट जडान गर्ने योजना पनि छ ।

    केन्द्रले तराईका नगर तथा गाउँपालिकासँग सहकार्य गरेर कार्यक्रम गर्ने छ । नेपालले इन्धनको खपत कम गर्न साथै बिजुलीको खपत बढाउने उद्देश्यले विद्युतीय चुलो प्रवर्द्धनमा काम गरिरहेको छ ।

    सम्झौतामा केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारी र जीसीएफको मिटिगेसन एण्ड एडापटेसन डिभिजनका निर्देशक जर्मन भेलास्क्वेजका तर्फबाट भेरोनिका गाल्मेजले हस्ताक्षर गरेका थिए ।

    डा. अधिकारीले यो परियोजनाले स्वच्छ इन्धन र खाना पकाउने प्रविधितर्फ सर्ने नेपालको प्रयासलाई टेवा दिने बताए । यो कार्यक्रमबाट ६.५१ मिलियन टन कार्बन घटाउने लक्ष्य छ ।

  • सम्बन्धित विषय:

  • # साढे २ अर्ब अनुदान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology