Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एसईई : प्रयोगात्मकमा ‘सी’ ग्रेड र सैद्धान्तिकमा ‘डी’ ग्रेड नल्याए प्रमाणपत्र नपाइने

एसईई : प्रयोगात्मकमा ‘सी’ ग्रेड र सैद्धान्तिकमा ‘डी’ ग्रेड नल्याए प्रमाणपत्र नपाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७९ आइतवार • ०९:४०:१२ बजे
  • 1.2K
    SHARES
  • एसईई : प्रयोगात्मकमा ‘सी’ ग्रेड र सैद्धान्तिकमा ‘डी’ ग्रेड नल्याए प्रमाणपत्र नपाइने

    माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को अन्तिम परीक्षामा ननग्रेडेड (अवर्गीकृत) प्राप्त गरेका विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने भएका छन् । कक्षा ११ मा भर्ना हुन ननग्रेडेड उल्लेख नभएको हुनुपर्छ ।

    images

    ननग्रेडेड अंक नकटाएसम्म एसईई उत्तीर्ण भएको प्रमाणपत्र पाउँदैनन् । लेटर ग्रेडिङ पद्धति कार्यविधि २०७८ मा सो व्यवस्था गरेको छ ।

    यो कार्यविधि यो साता प्रकाशित हुने तयारीमा रहेको एसईई परीक्षामा लागु हुनेछ । कार्यविधिअनुसार सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

    अर्थात् सैद्धान्तिक परीक्षामा डी र प्रयोगात्मकमा सी ग्रेड ल्याउनुपर्ने अनिवार्य व्यवस्था छ । अघिल्लो वर्ष सैद्धान्तिकमा कम अंक ल्याएर प्रयोगात्मकमा बढी अंक ल्याए उत्तीर्ण हुन सक्ने व्यवस्था थियो । बोर्डले समग्रमा प्रत्येक विषयमा कम्तीमा डी ग्रेड प्राप्त नगरी मूल प्रमाणपत्र दिइने छैन ।

    ती विद्यार्थीले माग गरेमा स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट एभरेज) उल्लेख नगरी ननग्रेडेड मात्र उल्लेख गरी ग्रेड सिट दिने व्यवस्था छ । गत वर्षसम्म ९ समूह कायम रहेको कार्यविधि एकाएक परिवर्तन गरी ८ समूह छ ।

    यो वर्ष डी प्लस, ई प्लस र ई समूह हटाइएको छ ।

    याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology