Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एसईईको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्

एसईईको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०७९ बुधवार • १०:३३:५१ बजे
  • 1.9K
    SHARES
  • एसईईको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्

    राष्ट्रीय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बुधबार सार्वजनिक गर्दै छ ।

    images

    दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बताए । कोभिड–१९ को दोस्रो लहरका कारण एसईई वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको थियो ।

    परीक्षामा ४ लाख ९५ हजार विद्यार्थी सहभागी भएका थिए । परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिए ।

     

    यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले विभिन्न माध्यमबाट रिजल्ट थाहा पाउने व्यवस्था गरेको जनाएको छ । मोबाइल एसएमएसबाट नतिजा थाहा पाउनका लागि ३५००१, ३४९४९, ३१००३ र १६०० मा म्यासेज गर्नु पर्ने हुन्छ ।

    त्यस्तै विभिन्न वेवसाइटमार्फत पनि नजित हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ । www.see.gov.np , www.neb.gov.np, www.see.ntc.net.np लगायत अन्य वेवसाइटमा जान सकिने बोर्डले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # यसरी हेर्नुहोस्
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology