Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हजार विद्यार्थीलाई चीन फर्काइँदै

हजार विद्यार्थीलाई चीन फर्काइँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०७९ आइतवार • ११:४६:५८ बजे
  • 928
    SHARES
  • हजार विद्यार्थीलाई चीन फर्काइँदै

    कोरोना महामारीका बेला पढाइ छाडेर आएका विद्यार्थीलाई चीन फर्काउन शिक्षा मन्त्रालयले करिब १ हजार जनाको सूची परराष्ट्र मन्त्रालयमा पठाएको छ ।

    images

    सन् २०१६ को ब्याचपछिका विद्यार्थीलाई मात्रै फर्काउने चीन सरकारको निर्णयअनुसार शिक्षा मन्त्रालयले सूची तयार गरेको हो । सन् २०१६ र त्यसअघिका विद्यार्थीले भने स्वेदशमै इन्टर्नसिपसहितको पढाइ पूरा गर्न पाउनेछन् ।

    शिक्षा मन्त्रालयका अनुसार पहिलो चरणमा सन् २०१७ र २०१८ का २ सय ८१ विद्यार्थी चीन फर्कने प्रक्रियामा छन् । मन्त्रिपरिषद् बैठकले गत पुसमा सन् २०१६ यताका विद्यार्थीलाई पनि नेपालमै इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो ।

    त्यही निर्णयका आधारमा मेडिकल काउन्सिलले बाँकी रहेको पढाइ र प्रयोगात्मक अभ्यास यहीँ गर्न पाउने व्यवस्था गरेको हो ।

    काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीका अनुसार २०१६ ब्याचका विद्यार्थीले एक वर्ष सैद्धान्तिक पढाइसहित दुई वर्ष इन्टर्नसिप गर्नुपर्ने निर्णय भएको छ । यस्तै २०१५ का विद्यार्थीले डेढ वर्ष र २०१४ का विद्यार्थीले ६ महिना इन्टर्नसिप गर्नुपर्ने छ ।

    काउन्सिलले ती विद्यार्थीलाई स्वास्थ्य मन्त्रालयले पठनपाठन र प्रयोगात्मक अभ्यासको व्यवस्था मिलाउनुपर्ने जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले यहीं इन्टर्नसिप गर्न चाहने विद्यार्थीका लागि सूचना प्रकाशन गरेर आवेदन मागिने जनाए ।

    चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका बेला विद्यार्थीको समस्या समाधान गर्ने सम्झौता गरिएको थियो । कान्तिपुरबाट

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology