Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शैक्षिक संस्थामा तालाबन्दी गर्ने प्रवृति सदाका लागि अन्त्य गर्नुपर्छ : शिक्षामन्त्री

शैक्षिक संस्थामा तालाबन्दी गर्ने प्रवृति सदाका लागि अन्त्य गर्नुपर्छ : शिक्षामन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७९ बिहिवार • १४:१४:१२ बजे
  • 595
    SHARES
  • शैक्षिक संस्थामा तालाबन्दी गर्ने प्रवृति सदाका लागि अन्त्य गर्नुपर्छ : शिक्षामन्त्री

     शिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध भएकाले यस्तो कार्यलाई सदाका लागि बन्द गर्नुपर्ने बताएका छन् ।

    images

    ५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले शैक्षिक क्षेत्र जस्तो पवित्र स्थलमा तालाबन्दी गर्ने काम अपराध भएकाले यस्तो प्रवृतिलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताएका हुन् ।

    उनले आफ्ना मागहरुका बारेमा सम्वादबाटै सहमति र निकास खोज्न आह्वान पनि गरे । मन्त्री पौडेलले पछिल्लो समयका नजिताहरु सन्तोषजनक नभएको भन्दै शिक्षण सिकाई प्रक्रियामा सुधार गर्नु महत्वपूर्ण चूनौति र आपवश्यकता रहेको जिकिर गरे ।

    उनले पूर्ण साक्षर क्षेत्र घोषणा गर्न बाँकी रहेको स्थानहरुमा बिभिन्न प्रकारका शिकाईहरुलाई प्रभावकारी बनाउन सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।

    युनेस्कोले सन् १९६७ देखि हरेक वर्ष आठ सेप्टेम्बरका दिन विश्वभर अन्तराष्ट्रिय साक्षरता दिवस मनाउन थालिएको हो । नेपाल सरकारले सबै निरक्षर नागरिकलाई साक्षर बनाउने उद्देश्य राखेको भए पनि चुनौती देखिएको छ ।

    साक्षर नेपाल कार्यक्रम अन्तर्गत अहिलेसम्म ६१ जिल्ला साक्षर घोषणा भएका छन् । अझै १६ वटा जिल्ला साक्षर घोषणा हुन बाँकी रहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology