Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिहान पेट सफा गर्ने यी ५ घरेलु उपाय

बिहान पेट सफा गर्ने यी ५ घरेलु उपाय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०७९ शनिवार • ०९:५३:०६ बजे
  • 2.9K
    SHARES
  • बिहान पेट सफा गर्ने यी ५ घरेलु उपाय

    खानपानको खराब बानी, जङ्क र प्रशोधित खानेकुराको अत्यधिक उपभोगका साथै आसीन जीवनशैलीका कारण पेटसम्बन्धी समस्याहरू सामान्य बन्दै गएका छन् । जसका कारण हामीमध्ये अधिकांशलाई बिहान पेट सफा गर्न समस्या हुन्छ । कब्जियत, अपच र खराब पाचनजस्ता पेटसम्बन्धी समस्याका कारण मानिसले पेट सफा गर्न पटक–पटक शौचालय जानुपर्छ । बारम्बार ट्वाइलेटमा जाँदा वा पेट सफा गर्न धेरै कन्नुपर्दा तपाईंको गुदद्वारलाई हानि पुग्छ  । यही कारण कब्जियतबाट पीडित धेरैलाई पेट सफा गर्दा दिसामा रगतको समस्या देखिने गर्छ ।

    images

    पेटमा कब्जियतको समस्या गम्भीर छ भने यस्तो अवस्थामा व्यक्तिलाई चिकित्सककहाँ जान सल्लाह दिइन्छ । तर यदि जे पायो त्यहि खाना खाँदा, केही मसालेदार खाना खाँदा, पेटमा ग्यास भरिँदा यस्तो समस्या देखिन्छ भने केही घरेलु उपायको मद्दतले तपाईं बिहान निकै सजिलै आफ्नो पेट सफा गर्न सक्नुहुन्छ । यो लेखमा हामी तपाईंलाई बिहान दिसा गर्न सजिलो हुने र राम्रोसँग पेट सफा गर्ने पाँच तरिकाबारे जानकारी दिँदै छौँ ।


    बिहान पेट सफा गर्ने घरेलु उपाय


    १. तातो पानी पिउनुहोस्

    यदि तपाईंले बिहान उठेपछि १ गिलास मनतातो पानी पिउनुभयो भने, यसले तपाईंलाई दिसा गर्न सजिलो बनाउन । यसका अन्य थुप्रै स्वास्थ्य लाभसमेत छन् । यसले पाचनमा सुधार ल्याउँछ, ग्यास–कब्जियतलाई हटाउँछ । तपाईंलाई मनपर्छ भने बिहान मनतातो पानीमा मह मिसाएर पिउन सक्नुहुन्छ, यसले स्वास्थ्यलाई अद्भूत फाइदा प्रदान गर्छ ।

    २. जीरा पानी पिउनुहोस्

    बिहान खाली पेटमा २५० मिलिलिटर पानीमा १ चम्चा जीरा उमालेर छानेर पिउनाले कब्जियतबाट राहत मिल्छ र दिसा गर्न सहज हुन्छ । यसले बिहान पेट सफा गर्न पनि मद्दत गर्छ।

    ३. हर्बल चिया

    यदि तपाईंले बिहान खाली पेटमा पुदिना, अदुवा, ग्रीन टी, सौफ, ज्वानो वा दालचीनी आदिको चिया सेवन गर्नुभयो भने पेट सफा गर्न यसले निकै फाइदा पुर्याउँछ । तपाईं चाहनुहुन्छ भने आफ्नो चियामा २–३ सामग्री हालेरसमेत पिउन सक्नुहुन्छ । मह र कागतीको रस मिसाएर पिउँदा पनि अत्यधिक फाइदा मिल्छ ।

    ४. ज्वानो पानी पिउनुहोस्

    आधा चम्चा ज्वानोलाई २००–२५० एमएल पानीमा उमालेर छानेर मह वा गुड मिसाएर सेवन गर्नुहोस् । यसले कब्जियत हटाउँछ र पेट सफा गर्न मद्दत गर्छ ।

    ५. एप्पल साइडर भिनेगरको सेवन

    बिहान उठेपछि मनतातो पानीमा २ चम्चा एप्पल साइडर भिनेगर मिसाएर सेवन गर्नुहोस् । यो कब्जियतको समस्याका लागी एउटा धेरै प्रभावकारी घरेलु उपाय हो । यसले पेटमा ग्यास र अपचको समस्यालाई हटाएर पाचन शक्तिलाई बलियो बनाउँछ । यसले तपाईंलाई दिसा गर्न र पेट सफा गर्न धेरै मद्दत गर्नेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology