बरंजा भूतपूर्व विद्यार्थी क्लबको सातौं अधिवेशन सम्पन्न भएको छ । अध्यक्ष पदमा प्रकाश सापकोटा सर्वसम्मत निर्वाचित भएका छन ।
बरंजा भूतपूर्व विद्यार्थी क्लबको सातौं अधिवेशन, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम अध्यक्ष टक बहादुर थापाको अध्यक्षता र महेन्द्र रत्न माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थी , भूतपूर्व प्र.अ तथा मंगला गाउपालिका वडा नम्बर ३ का अध्यक्ष याम बहादुर रोकाको प्रमुख आतिथ्यतामा मंगला गाउपालिका -०३, बरंजा, आर्भाङ्ग स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयको प्राङ्गणमा कार्तिक ६ गतेका दिन सम्पन्न भएको हो ।
कार्यक्रममा मंगला गाउपालिका वडा नम्बर ४ का अध्यक्ष लाल प्रसाद रोका विशिष्ट अतिथि रहेका थिए भने विशेष अतिथिमा महेन्द्र रत्न माध्यमिक विद्यालयका भूतपूर्व शिक्षक कृष्ण जिसी रहेका थिए । त्यसैगरी अतिथिमा भूतपूर्व विद्यार्थी तथा प्र. अ कृष्ण लाल सापकोटा, भूतपूर्व विद्यार्थी, अध्यक्ष तथा नेपाल सरकारका सहसचिब शङ्कर बुढाथोकी, दिपक सापकोटा, मन बहादुर रोका, कलाधर कडेल, टेक बहादुर बिक, किरण सापकोटा, याम बहादुर रोका, कृष्ण प्रसाद सापकोटा, डेक बहादुर थापा, चित्र रोका र गणेश केसी रहेका थिए । कार्यक्रमको संचालन सचिब दिपक आचार्यले गरेका थिए भने स्वागत मन्तव्य दिप बहादुर पुनले दिएका थिए । त्यसैगरी स्वागत नृत्य प्रीति पुर्जाले प्रस्तुत गरेकी थिइन । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि लगायत अतिथिले शुभकामना मन्तव्य राखेका थिए ।
भूतपूर्व विद्यार्थी क्लबले कार्यक्रममा लोकसेवा आयोग उतीर्ण भूतपूर्व विद्यार्थीहरु शङ्कर बुढाथोकी, दिपक सापकोटा, किरण सापकोटा, याम बहादुर रोका, लेखनाथ रोका, बालकृष्ण बुढाथोकी, मुना सापकोटा, याम बहादुर बिक र शिक्षक सेवा आयोग उतीर्ण भूतपूर्व विद्यार्थीहरु डेक बहादुर थापा, तुलसी रोका, कृष्ण प्रसाद सापकोटा, चित्र रोका , निक कुमारी रोका लगायतलाई सम्मान पत्र सहित सम्मान गरेको थियो । त्यसैगरी सफल कृषि व्यवसायी रेशम बुढाथोकी र भिम पुर्जालाई पनि सम्मान पत्र सहित सम्मान गरेको थियो । अन्तर विद्यालय राष्ट्रपति कप प्रतियोगिताबाट क्षेत्रीय खेलमा सहभागी खेलाडी लम्जम्प तर्फ उमिसा घर्ती र महिला भलिबल तर्फ अनिसा रोकालाई सम्मान गरेको थियो । महेन्द्र रत्न माध्यमिक विद्यालयबाट माध्यमिक तह (एसईई) र उच्च माध्यमिक तह (+२) उतीर्ण विद्यार्थीहरुलाई पनि सम्मान गरेको थियो ।
बंरजा भूतपूर्व विद्यार्थी क्लबको सातौं अधिवेशनबाट सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरु निम्न रहेका छन ।
अध्यक्ष - प्रकाश सापकोटा
उपाध्यक्ष - कृष्ण प्रसाद सापकोटा
उपाध्यक्ष - लेखनाथ रोका
उपाध्यक्ष - राजेन्द्र आचार्य
सचिब - गंग बहादुर खत्री (गणेश)
सहसचिब - खेम लाल सापकोटा
कोषाध्यक्ष - दिप बहादुर पुन
सदस्यहरु
छक प्रसाद श्रेष्ठ
एनिशा रोका
सृजना रोका
बएन्ती रोका
सुरज बिश्वकर्मा
चन्द्रा बुढाथोकी