Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

नेपाली पात्रोमा निर्वाचनको अपडेट हेर्न पाइने

नेपाली पात्रोमा निर्वाचनको अपडेट हेर्न पाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७९ शुक्रवार • २०:२८:१३ बजे
  • 436
    SHARES
  • नेपाली पात्रोमा निर्वाचनको अपडेट हेर्न पाइने

    नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रोले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अपडेट दिने भएको छ ।

    images

    नेपाली पात्रोले लोकपथ डटकमसँगको सहकार्यमा निर्वाचनको सम्पूर्ण जानकारी र मतपरिणाम अपडेट दिने नेपाली पात्रोको सञ्चालक कम्पनी जिनियस सिस्टम्स प्रालिका प्रमुख कार्यककारी अधिकृत सन्तोष देवकोटाले जानकारी दिएका छन् ।

    निर्वाचन अपडेटबारे नेपाली पात्रो र लोकपत्रबीच हालै सम्झौता भएको छ ।

    सम्झौताअनुसार नेपाली पात्रो र लोकपथले आमनिर्वाचन–२०७९ को प्रत्यक्ष्य तथ्यांक अपडेटसहितको सुविधायुक्त वेवसाइट फिचरिङ वा प्रकाशनका लागि सामग्री उपलब्ध गराउने भएको छ ।

    नेपाली पात्रो आइओएसको एपस्टोर र एन्ड्रोइडको प्ले स्टोर संस्करणमा उपलब्ध नेपालको पहिलो सामुदायिक एप्लिकेसन हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology