Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उकालो लाग्दै सुनको मूल्य, सातामा १३ सयले बढ्यो

उकालो लाग्दै सुनको मूल्य, सातामा १३ सयले बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७९ शनिवार • १५:५१:५६ बजे
  • 3.0K
    SHARES
  • उकालो लाग्दै सुनको मूल्य, सातामा १३ सयले बढ्यो

    नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा तोलामा १ हजार ३०० रूपैयाँले बढेको जानकारी दिएको हो ।

    images

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रूपैयाँ थियो ।

    जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य ९९ हजार ११ रूपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार ६०० रूपैयाँ छ । साताको पहिलो कारोबार दिन स्थिर रहेको सुनको मूल्य सोमबार घटेको थियो । यस्तै, मंगलबार पनि घटेको भाउ बुधबार भने २०० रूपैयाँले बढेको थियो ।

    यस्तै, बिहीबार ५०० रूपैयाँ प्रतितोला र शुक्रबार १ हजार रूपैयाँ प्रतितोलाले सुनको भाउ बढेको हो । यसैगरी, साता भरमा चाँदीको मूल्यमा समेत व्यापक वृद्धि देखिएको छ ।

    गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा चाँदीको मूल्य ५० रूपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको भाउ तोलामा १२ सय ९५ रूपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा १३ सय ४५ रूपैयाँ कायम भएको छ ।

  • सम्बन्धित विषय:

  • # सातामा १३ सयले बढ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology