Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ट्वीटरले थप कर्मचारी कटौती गर्ने

ट्वीटरले थप कर्मचारी कटौती गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ५, २०७९ बिहिवार • ०९:५८:०९ बजे
  • 442
    SHARES
  • ट्वीटरले थप कर्मचारी कटौती गर्ने

    न्युयोर्क । ट्विटर इंकले आगामी हप्ताहरूमा सोशल मिडिया साइटको उत्पादन डिभिजनमा ५० जना कामदारहरूलाई हटाउने योजना बनाएको छ । समाचार साइट इनसाइडरले कम्पनीसँग परिचित दुई व्यक्तिलाई उद्धृत गर्दै उक्त जानकारी दिएको छ ।

    images

    एलोन मस्कले थप कर्मचारीहरू कटौती नगर्ने प्रतिबद्धता जनाएको ६ सातापछि आएको हो । कटौतीले कम्पनीको हेडकाउन्ट २,००० भन्दा कममा घटाउन सक्ने रिपोर्टमा जनाइएको छ । एलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि उनले ट्वीटरमा धेरै उथलपुथल गरेका छन् ।

    उनले ब्लु टिक भेरिफिकेसनका लागि शुल्क लिनेलगायत अन्य विवादास्पद निर्णय गरेका छन् । ट्वीटरका कतिपय निर्णयविरुद्ध कर्मचारीहरु अदालतसम्म पुगेका छन् ।

    केहीसमय अघिभएको अनलाइन सर्वेक्षणमा मस्कले सीइओबाट राजीनामा दिनुपर्ने बताएका थिए । मस्कले यसअघि सर्वेक्षण मत स्वीकार्ने बताए पनि कुनै निर्णय गरेका छैनन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology