Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिइने

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७९ बिहिवार • १४:५५:०३ बजे
  • 619
    SHARES
  • कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिइने

    आगामी शैक्षिक सत्रबाट कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाई निजी क्षेत्रलाई दिइने भएको छ ।

    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार आगामी शैक्षिक शत्रबाट कक्षा ५ सम्मकै पाठ्यपुस्तक छपाईको काम निजीले पाउने भएको हो ।

    मन्त्रालयको निर्णयअनुसार पाठ्यक्रम विकास केन्द्रले निजी मुद्रकलाई पाठ्यपुस्तक छपाइको प्रयोजनका लागि सूचीकृत हुन भन्दै केन्द्रले सूचना जारी गरेको हो । निजी मुद्रक तथा वितरकहरूले कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाई गरी विक्री वितरण गर्नुपर्नेछ ।

    केन्द्रले तयार पारेको प्रिन्ट रेडी कपी (पीआरसी)का आधारमा निजीले पाठ्यपुस्तक छाप्नुपर्नेछ । हरेक वर्ष पाठ्यपुस्तकको अभाव हुने समस्या समाधानका लागि निजीलाई पनि पाठ्यपुस्तक छपाईको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

    गत कात्तिकमा कक्षा १–३ सम्मको छपाईको जिम्मा निजीलाई दिनेगरी प्रस्ताव केन्द्रले मन्त्रालयमा पठाएको थियो । तर, केन्द्रले कक्षा १–५ सम्मकै पाठ्यपुस्तकको छपाईको जिम्मा निजी क्षेत्रलाई दिने प्रस्ताव मन्त्रालयमा पठाएपछि मन्त्रालयले सो निर्णय गरेको हो ।

    यसअघि ३ कक्षासम्मका पुस्तक छपाइका लागि निजी क्षेत्रलाई दिइएको थियो ।

  • सम्बन्धित विषय:

  • # कक्षा १ देखि ५ सम्म
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology