Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बेसार मिसाएको दूध खानुहोस्, छिटै तौल घटाउन फाइदा मिल्नेछ

बेसार मिसाएको दूध खानुहोस्, छिटै तौल घटाउन फाइदा मिल्नेछ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७९ शुक्रवार • ११:४६:३१ बजे
  • 853
    SHARES
  • बेसार मिसाएको दूध खानुहोस्, छिटै तौल घटाउन फाइदा मिल्नेछ

    खानपानमा गडबडी र खराब जीवनशैलीका कारण मानिसमा मोटोपनाको समस्या तीव्र रूपमा बढिरहेको छ । तौल बढेका कारण तपाईँलाई धेरै गम्भीर समस्या हुनसक्छ । जसका कारण तपाई उच्च रक्तचाप र मधुमेह जस्ता समस्याको सिकार पनि बन्न सक्नुहुन्छ । मानिसहरू तौल घटाउन विभिन्न खालका डाइट र एक्सरसाइज प्लानहरू पछ्याउँछन् ।

    images

    आजको समयमा, बजारमा धेरै प्रकारका सप्लिमेन्टहरू उपलब्ध छन् जसले तौल घटाउने दाबी गर्दछ । तर तिनीहरूको प्रयोग खतरा मुक्त छैन । तर यस्ता सप्लिमेन्टबाहेक तपाईंको भान्सामा पनि यस्ता चिज पाइन्छन् जसले तौल घटाउन सघाउने गर्छ । तीमध्ये एक हो, बेसार मिसाइएको दूध । बेसार मिसाइएको दूधमा पाइने गुण र पोषक तत्त्वले तौल कम गर्नुका साथै शरीरलाई पर्याप्त पोषण दिने काम गर्छ । आउनुहोस्, यसबारे थप जानकारी लिऔँ ।

    तौल कम गर्न बेसार मिसाइएको दूध


    बेसार विभिन्न औषधीय गुणले भरिपूर्ण हुन्छ । आयुर्वेदमा यसलाई औषधीको रूपमा पनि प्रयोग गरिन्छ । बेसारमा एन्टी–अक्सिडेन्ट, एन्टी–सेप्टिक र एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जुन शरीरको तौल घटाउनुका साथै धेरै रोग र समस्याहरूको जोखिम कम गर्न पनि उपयोगी मानिन्छ । बेसारमा पाइने यौगिकहरूले शरीरको मेटाबोलिजमलाई पुनरुत्थान गर्न र बोसो जलाउने प्रक्रियालाई गति दिन पनि उपयोगी हुन्छ । सही मात्रामा बेसार मिसाइएको दूधको नियमित सेवनले तौल छिट्टै घटाउन मद्दत गर्छ ।

    तौल घटाउन बेसारको दूध यसरी हुन्छ फाइदाजनक

    १. एक अनुसन्धानका अनुसार बेसारमा पाइने पोलिफेनोल, कर्क्युमिन कम्पाउण्ड शरीरको मेटाबोलिक इन्फ्लेमेसन बढाउन र सेतो बोसोको तन्तु घटाउन निकै फाइदाजनक हुन्छ । बेसारमा एन्टी ओबेसिटी र एन्टी इन्फ्लेमेटरी गुण हुन्छन् जसले तौल कम गर्न निकै उपयोगी भूमिका निर्वाह गर्छ ।

    २. बेसारमा यस्ता गुणहरू पाइन्छ जसले पेटमा पित्तको वृद्धिलाई कम गर्छ । यो शरीरमा रहेको अतिरिक्त बोसो घटाउन र मेटाबोलिजम सुधार गर्न निकै लाभदायी हुन्छ । शरीरको मेटाबोलिजम सुधार हुने भएकोले तौल घट्छ ।

    ३. बेसारमा पाइने गुण रगतमा चिनीको मात्रा नियन्त्रण गर्न पनि उपयोगी मानिन्छ । यसको सेवनले शरीरमा इन्सुलिन रेजिस्टेन्स पनि नियन्त्रणमा रहन्छ । त्यसैले तपाईंको शरीरको तौल बढ्दैन र शरीरमा अतिरिक्त बोसो बन्ने प्रक्रियालाई नियन्त्रण गर्न पनि फाइदाजनक हुन्छ ।

    ४. बेसार मिसाइएको दूधमा पाइने गुणहरू शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि धेरै फाइदाजनक हुन्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्दा तपाईँलाई अनावश्यक रोग लाग्दैन र तौल नियन्त्रणमा रहन्छ । 

    तौल घटाउन बेसार मिसाइएको दूध कसरी पिउने ?

    तौल घटाउन बेसारको दूध जुनसुकै बेला सेवन गर्न सकिन्छ । राति सुत्नुअघि एक गिलास मनतातो दूधमा बेसार मिसाएर नियमित सेवन गर्नाले धेरै फाइदा हुन्छ । यसका साथै बिहानको नास्तामा र दिउँसोको खाजा खाएपछि पनि बेसार मिसाएको दूध सेवन गर्न सकिन्छ । राति खानापछि बेसार हालिएको दूध खाँदा तौल घटाउन र शरीरको मेटाबोलिजम ठिक राख्न धेरै फाइदा हुन्छ ।

    बेसार मिसाएको दूधबाहेक बेसार र दालचिनीको चियाको सेवनले पनि तौल घटाउन निकै फाइदाजनक हुन्छ । तर ध्यान राख्नुहोस् कि यदि तपाई मोटोपना बाहेक अन्य कुनै रोग वा समस्याबाट ग्रसित हुनुहुन्छ भने बेसारको दूध सेवन गर्दा सावधानी अपनाउनुहोस् । कुनै समस्या भएमा डाक्टर वा विशेषज्ञलाई सम्पर्क गर्नुहोस् ।

     

  • सम्बन्धित विषय:

  • # बेसार मिसाएको दूध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology