Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यस्तो छ दिउँसो सुत्नुका फाइदा

यस्तो छ दिउँसो सुत्नुका फाइदा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ११, २०७९ शनिवार • १४:२१:५० बजे
  • 994
    SHARES
  • यस्तो छ दिउँसो सुत्नुका फाइदा

    सामान्यत: मानिस रातको समयमा सुत्ने गर्छ। तर कतिपय मानिसहरु रातको समयमा काम गर्ने र दिउँसोको समयमा सुत्ने गर्छन् । भने केही मानिसको रातमा सुतेपनि दिउँसो सुत्ने बानी हुन्छ ।

    images

    आधुनिक समाजमा परिकल्पना गरिएको ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टाको आरामको दैनिकी हो। यसमा आरामभित्र निद्रा पनि पर्दछ।

    तर समयको हिसाबले दिउँसो सुत्नुलाई अल्छे वा कामचोर ठानिनु अस्वाभाविक होइन। दिउँसो सुत्नु अल्छे मानिएपनि विज्ञानको आँखाले हेर्दा दिउँसो सुत्नु पनि फाइदाजनक नै हुने बुझिएको छ ।


    दिउँसो सुत्नुका फाइदा फाइदाहरु :


    १. सतर्कता बढाउँछ : दिउँसो केही समय झकाउनुले हाम्रो शरीरको आलस्य र थकानलाई हटाइदिन्छ। फलतस् कामप्रतिको हाम्रो सतर्कता र स्फूर्ति बढाइदिन्छ। यो त्यसबेला झनै बढी उपयोगी हुने गर्छ, जब शरीरले अत्यधिक थकान वा आलस्य महसुस गरिरहेको हुन्छ।

    २. मुडमा सुधार आउँछ : दिउँसो झकाउने बानीले हाम्रो मुड सुधार गर्न, तनाव कम गर्न र आफू चैतन्य एवं खुसी रहेको अनुभूत गर्न मद्दत गर्न सक्छ।

    ३. स्मृतिमा सुधार आउँछ : दिउँसो निदाउने–झकाउने गर्यो भने त्यसले हाम्रो स्मृतिमा सुधार ल्याउँछ र कामप्रतिको एकाग्रता बढाइदिन्छ। आफूले गरिरहेका कामसम्बन्धी प्रक्रियाहरुबारे सोचिबस्नु नपर्ने–फटाफट काम गर्न सक्ने अवस्था बढाइदिन्छ। त्यसले जम्मामा मानिसको उत्पादनशीलतालाई नै पनि बढाइदिन्छ।

    ४. अनिद्राको भावलाई कम गरिदिन्छ : विविध कारणले कतिपय मानिसहरुलाई राति सुतेर पनि निद्रा नपुगेको अनुभूति हुने गर्छ। त्यसले उसको दैनिक काममा पनि असर परिरहेको हुन सक्छ। यो अवस्थामा दिउँसो झकाउने–सुत्ने बानीले मानिसमा रहेको त्यो अनिद्राको अनुभूति पनि हटेर जान्छ।

    ५. मुटुको स्वास्थ्यमा सुधार ल्याउँछ : दिउँसो अल्प समयका लागि सुत्ने–झकाउने कुराले मानिसको मुटुको स्वास्थ्यमा सुधार आउने तथा हृदयघातको जोखिमलाई पनि कम गरिदिने गर्छ।

    दिउँसो झकाउनु वा अल्प समयका लागि सुत्नु फाइदाजनक छ तर कति समय सुत्ने वा झकाउने भन्ने कुरा व्यक्तिपिच्छे फरक हुने गर्छ। यो कुरा व्यक्तिको सुताइका तरिका तथा तत्सम्बन्धी आनीबानीमा पनि निर्भर गर्दछ।

    दिउँसो सुत्नुको बेफाइदा :


    १. रातको निद्रामा गडबडी : दिउँसोको अल्पसुताइ वा झकाइ तथा रात्रिकालीन सुताइको समयमा धेरै अन्तर भएन भने राति सुत्ने समयमा गडबडी हुन सक्छ। नजिक सुत्दा रातको निद्रामा बाधा पुग्न सक्छ र रातमा निदाउन गाह्रो हुन सक्छ।

    २. निदाउन नसक्नु : दिउँसो धेरै बेरसम्म सुत्दा वा झकाउँदा तथा त्यो काम खासगरी मध्यान्नपछिको समयमा गर्दा राति सुत्ने समयमा निदाउन नसक्ने समस्या देखापर्न सक्छ। त्यसले हल्काखालको मतिभ्रमको अवस्था पनि पैदा गरिदिन सक्छ।

    ३. उत्पादनशीलता घटाइदिन सक्छ : कामको चटारो परेको बेलामा दिउँसोको अल्पसुताइ वा झकाउने बानीले उत्पादनशीलतामा केही असर गर्न सक्छ।

    ५. सामाजिक कलंक : कुनै कुनै समाजिक संस्कारमा दिउँसो सुत्नुलाई राम्रो नमानिन पनि सक्छ। त्यसलाई अल्छीपना वा अनुशासनको कमीको रुपमा पनि लिने हुन सक्छ।

    ५. उठ्न कठिनाइ : केही व्यक्तिहरूका लागि, खासगरी विशेष गरी निद्रा विकारहरू भएकाहरूलाई दिउँसोको सुताइ वा झकाइबाट ब्युँझन गाह्रो पर्न पनि सक्छ। उनीहरुलाई जबरजस्ती उठाइँदा उल्टो बेफाइदा पनि गर्न सक्छ।

    यी सम्भावित कमजोरीहरूलाई विचार गर्दा दिउँसोको अल्पसुताइ वा झकाइ लिने कि नलिने भन्ने कुरा व्यक्तिको आनीबानी, समय, अवधि र उसले काम गर्ने वातावरणमा पनि निर्भर गर्ने गर्छ।

  • सम्बन्धित विषय:

  • # दिउँसो सुत्नुका फाइदा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology