Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि.......

अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि.......

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०७९ शुक्रवार • ११:१३:२५ बजे
  • 754
    SHARES
  • अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि.......

    अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि धनुषाको एक परीक्षा केन्द्रमा झण्डै एक घण्टा ढिलो एसईई परीक्षा सुरु भएको छ ।

    images

    धनुषाको औरही गाउँपालिका स्थित मा.वि. चक्कर परीक्षा केन्द्रमा ५० मिनेट ढिलो परीक्षा सुरु भएको हो । बिहान ८ बजे सुरु हुने परीक्षा ८ बजेर ५० मिनेटमा सुरु भएको छ ।

    प्राविधिक गडबडीले अंग्रेजी विषयको खाममा नेपाली विषयको प्रश्न पत्र पाइएपछि मुचुल्का गरेर ढिलो गरी पुरीक्षा सुरु गरिएको जिल्ला शिक्षा समन्वय इकाइ धनुषाका प्रमुख युक्त शर्माले जानकारी दिए ।

    एसईई अन्तर्गत आज बिहान ८ बजेदेखि देशैभर अनिवार्य अंग्रेजी विषयको परीक्षा सुरु भएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रश्नपत्र पुगेपछि.......
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology