Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एसइई : गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी

एसइई : गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०७९ शुक्रवार • १३:२६:२१ बजे
  • 616
    SHARES
  • एसइई : गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी

    । माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन् ।

    images

    आजदेखि सुरु भएकोे परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार पाँच सय १६ विद्यार्थी रहेको प्रदेश शिक्षा निर्देशनालय, गण्डकी प्रदेशका प्रमुख अम्बिका आचार्यले जानकारी दिए ।

    उनका अनुसार परीक्षामा प्राविधिकतर्फ एक हजार तीन सय ७६ विद्यार्थीले परीक्षा दिँदैछन् भने ग्रेड वृद्धिको परीक्षा दुई सय ७२ जनाले दिँदैछन् ।

    कास्की जिल्लामा यस वर्षको एसइईमा १० हजार चार सय ४२ जना विद्यार्थी सहभागी भएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख नारायण सुवेदीले जानकारी दिए ।

    उनका अनुसार जिल्लामा साधारणतर्फ १० हजार एक सय ४३ र प्राविधिकतर्फ दुई सय नौजना विद्यार्थी परीक्षामा सहभागी बन्दैछन् भने ग्रेड वृद्धि परीक्षा दिने ८६ छन् ।

    एसइईको पहिलो दिन आज प्रदेशमा अङ्ग्रेजी विषयको परीक्षा सौहार्दपूर्ण रुपमा सञ्चालन भएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # एसइई : गण्डकी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology