Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लस्सी खानु स्वास्थ्यका लागि धेरै प्रभावकारी

लस्सी खानु स्वास्थ्यका लागि धेरै प्रभावकारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २२, २०७९ बुधवार • ११:१२:३८ बजे
  • 727
    SHARES
  • लस्सी खानु स्वास्थ्यका लागि धेरै प्रभावकारी

     लस्सी खानु स्वास्थ्यका लागि धेरै प्रभावकारी मान्छि । विशेष गरी लस्सीको सेवनले कलेजो स्वस्थ राख्न मद्दत मिल्छ । विशेषगरी गर्मीको मौसममा यस्ता पेयपदार्थका धेरै विकल्प छन् । जुन स्वादका हिसाबले मात्रै होइन स्वास्थ्यका हिसाबले पनि निकै फाइदाजनक रहेको पाइन्छ ।

    images

    दहीलाई फिटेर तयार पारिएको यो पेय पदार्थ धेरै पोषक तत्वले भरिपूर्ण हुन्छ । गर्मीमा लस्सीको नियमित सेवनले डिहाइड्रेसनको समस्याबाट बच्न, पेटलाई स्वस्थ राख्न र अन्य धेरै रोगको जोखिम कम गर्न मद्दत मिल्छ ।

    यस्ता छन् यसका फाइदाः


    रक्तचाप नियन्त्रण


    लस्सीमा भएका गुणका कारण रक्तचाप नियन्त्रणमा रहन्छ । उच्च रक्तचाप भएकाहरूले यसको सेवन गर्नु राम्रो हुन्छ ।

    तौल घटाउन


    लस्सीमा क्यालोरी र फ्याट कमै हुन्छ । दिनदिनै एक गिलास लस्सी पिउँदा तौल नियन्त्रणमा रहन्छ । दिनभरि स्फुर्ति पनि आउँछ ।
    एसिडिटी भगाउन


    गर्मीमा मसला बेस्सरी हालेको अनि तेलमा चोपलिएको खानेकुरा खाँदा पाचनतन्त्रमा समस्या आउँछ । यसले एसिडिटी गराउँछ । त्यो समस्याबाट छुटकारा पाउन लस्सी सेवन राम्रो विकल्प हो ।

    कपाल स्वस्थ राख्न


    दही पिउँदा कपाललाई जरैबाट पोषण प्राप्त हुन्छ । कपाल फुल्ने, चायाँ आउने लगायतका समस्या हटेर कपाल छिटो बढ्छन् । कपाल सुन्दर, घना, मुलायम र चम्किलो हुन्छ ।

    कलेजोको लागि फाइदाजनकः


    दही र लस्सी प्रोबायोटिक्सको उत्कृष्ट प्राकृतिक स्रोत हो। यसको सेवनले कलेजोमा जम्मा भएको बोसो, कलेजोमा सूजन, सिरोसिसका लक्षण कम गर्न र कलेजोको कार्यलाई सहज बनाउन धेरै सहयोगी हुने बताइन्छ।

    लस्सी कलेजोको स्वास्थ्यका लागि निकै फाइदाजनक हुने भएकाले तौल घटाउन खोज्ने व्यक्तिले पनि यसबाट फाइदा लिन सक्ने विज्ञ बताउँछन्।

    छालाको लागि फाइदाजनकः


    लस्सीमा पाइने ल्याक्टिक एसिडले संक्रमणसँग लड्न मात्र सहयोग गर्दैन यसले सुख्खापन रोक्न, छालालाई मोइश्चराइज गर्न र दाग कम गर्न पनि मद्दत गर्छ।

    ल्याक्टिक एसिड र भिटामिन डीको संयोजनले तपाईको छालामा बढ्दो उमेरको प्रभावलाई कम गर्न पनि मद्दत गर्दछ। छालासँगै लस्सी कपाललाई स्वस्थ राख्नका लागि पनि फाइदाजनक हुन्छ।

    हड्डीको समस्या हट्छः


    लस्सीमा क्याल्सियम प्रचुर मात्रामा पाइन्छ, त्यसैले यो हड्डी बलियो बनाउनको लागि उत्कृष्ट पेय हुन सक्छ।क्याल्सियम युक्त चिज हड्डी र दाँतलाई स्वस्थ राख्न निकै फाइदाजनक मानिन्छ। क्याल्सियम युक्त खानेकुराको नियमित सेवनले उमेर बढ्दै जाँदा हड्डीको समस्याबाट बच्न मद्दत गर्छ ।

    प्रतिरोधात्मक क्षमतामाक वृद्धिः


    आफ्नो दैनिक आहारमा लस्सी समावेश गर्नाले रोग प्रतिरोधात्मक क्षमता बढाउन निकै सहयोगी हुन्छ। यो ल्याक्टिक एसिड र भिटामिन डीको प्रचुर स्रोत हो। जसले प्रतिरोधात्मक क्षमता बढाउन र शरीरलाई विभिन्न रोगहरूबाट बचाउन मद्दत गर्दछ।

    रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुका साथै शरीरको राम्रो स्वास्थ्यका लागि लस्सीको सेवन राम्रो मानिन्छ। लस्सीको सेवन बालबालिकादेखि वृद्धवृद्धासम्म सबैका लागि स्वस्थकर हुन्छ ।

    कब्जियत हटाउन


    कब्जियतको समस्या भएकाहरूलाई दहीमा भएको गूड ब्याक्टेरिया लाभदायक हुन्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology