Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काखीमा आउने पसिनाको दुर्गन्ध हटाउन यी उपाय अपनाउनुहोस्

काखीमा आउने पसिनाको दुर्गन्ध हटाउन यी उपाय अपनाउनुहोस्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २८, २०७९ मंगलवार • ११:१०:०१ बजे
  • 493
    SHARES
  • काखीमा आउने पसिनाको दुर्गन्ध हटाउन यी उपाय अपनाउनुहोस्

    बैशाख महिना सुरु हुन लागेको छ, जसले गर्दा मौसम गर्मिलो हुन थालेको छ । बैशाखको यो गर्मीमा पसिना आउनु स्वभाविक हो । गर्मी मौसममा पसिना आउनु र त्यसको शारीरिक गन्धका मुख्यतः काखी गन्हाउनु सबैभन्दा ठूलो टाउको दुखाइको विषय बन्न जान्छ । त्यसले आत्मविश्वासमा पनि कमी ल्याउँछ । 

    images

    जतिसुकै सफा र राम्रो लुगा लगाए पनि पसिनाको गन्धका कारण आसपासका मानिस सामु  हात उठाउन सहज हुदैँन र त्यसले ‘कन्फिडेन्स लेभल लुज’ समेत गराउँछ । अझ यो समस्या विशेष गरी ती मानिसहरूका लागि विपत्तिको रूपमै आउँछ, जसको शरीरबाट औसत मानिसलाई आउने पसिना भन्दा बढी आउने गर्छ । जसका कारण ती मानिसहरु गर्मी महिना नै नआईदिओस भन्ने सोच्छन तर तिनले सोचेर गर्मी महिना नआउने भने हुन्न ।  


    अत्याधिक पसिना आउनुलाई चिकित्सकीय भाषामा ‘हाइपर हाइड्रोसिस’ भनिन्छ । यो अवस्था दुई कारणले हुन सक्छ । पहिलो, प्राकृतिक रूपमा शरीरमा अत्याधिक पसिना आउनु र दोस्रो बाहिरी अवस्थाका कारण अत्याधिक पसिना आउनु ।

     ‘हाइपर हाइड्रोसिस’ ले शरीरको एक विशेष भागलाई बढी असर गर्छ, जसको अर्थ हो शरीरको कुनै भागमा अन्य भागहरूमा आउने भन्दा बढी मात्रामा पसिना आउनु। यसमा सबैभन्दा बढी काखीमा बढी मात्रामा पसिना आउँछ र साथै हात खुट्टामा पनि अत्याधिक पसिना आउने समस्या पनि हुन सक्छ । 

    जसकारण बन्धित ब्यक्तिलाई धेरै लज्जास्पद बनाउन सक्छ । धेरै पटक, आत्मविश्वासलाई असर गर्दै, यसले सामान्य जीवनलाई पनि असर गर्छ । यस्तो अवस्थाबाट बच्न ‘एन्टिपर्स्पिपरेन्ट डिओडोरेन्ट’ प्रयोग गर्न सकिन्छ । 

    यसका लागि पाँच उपाय अपनाउनुहोस्

    १- काखीमा पसिनाबाट कसरी छुटकारा पाउन ‘डिओड्रेन्ट’को प्रयोग गर्ने 

    २- दिनमा दुई पटक ‘एप्पल साइडर भिनेगर’ को प्रयोग गर्ने, 

    ३- कागतीको प्रयोग गर्ने 

    ४- नियमित रुपमा काखीका रौँहरू हटाउने 

    ५- नियमित रुपमा पानी प्रयोग गरेर काखी पखाल्ने

  • सम्बन्धित विषय:

  • # काखीमा आउने पसिना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology