Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इतिहासमै पहिलोपटक भर्नासँगै हात-हातमा पाठ्यपुस्तक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ४, २०८० सोमवार • १२:१७:१२ बजे
  • 724
    SHARES
  • इतिहासमै पहिलोपटक भर्नासँगै हात-हातमा पाठ्यपुस्तक

    अघिल्लो शैक्षिक सत्रमा साइपालको धलौन माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको केही साताअघि मात्रै पाठ्यपुस्तक पुग्यो । विद्यार्थीले पुस्तक नपढेरै परीक्षा दिए । गत शैक्षिक सत्रमा पनि त्यो क्रम जारी रह्यो । पाठ्यपुस्तकको अभावले विद्यार्थीको सङ्ख्या पनि घट्यो ।

    images

    भर्ना सङ्ख्या र कक्षा हाजिरी हेर्दा विद्यार्थीको उपस्थिति निकै कम देखियो । जनप्रतिनिधिदेखि शिक्षाका सबै कर्मचारीले पाठ्यपुस्तककै अभावको कारण देखाए । माध्यमिक तहसम्मका विद्यार्थीले सोचेअनुरूप नतिजा पनि ल्याउन सकेनन् । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा पनि उत्तीर्णसम्म मात्रै आउन सक्ने अनुमान गरियो ।

    शिक्षक जीवन बोहराका अनुसार यस नयाँ वर्षमा भने पाठ्यपुस्तकका लागि सरकारले विद्यालयलाई ‘सरप्राइज’ दियो, पाठ्यपुस्तक । ‘राजधानीको जस्तै शैक्षिक सत्रको सुरूआतमै जिल्ला सदरमुकाम चैनपुरमा पाठ्यपुस्तक पुगेपछि शिक्षक विद्यार्थी उत्साहित नहुने कुरै भएन,’ उनले भने, ‘अब राज्यले शिक्षा सुधारका लागि ठोस निर्णय गरेको देखियो । हाम्रो साइपालमा त इतिहासमै पहिलोपटक वैशाखको पहिलो सातामै पाठ्यपुस्तक पुग्दैछ ।’

    सत्यवादी माध्यमिक विद्यालयमा अध्ययनरत हिमेश जोशी भन्छन्, ‘कुनै वर्ष पनि शैक्षिक सत्रको पहिलो महिनामा नपुगेका पुस्तक यो पटक वितरण हुने भएका छन्’, जोशीका अनुसार विद्यार्थीले अघिल्लो वर्ष त्रैमासिक, अर्धवार्षिक परीक्षा पनि पुस्तकबिनै दिएका थिए ।

    ‘गत वर्ष पनि केही पुस्तक शैक्षिक सत्रको आठ महिनापछि पाएका थियौँ’, उनले भने, ‘जिल्ला सदरमुकाममा त यति ढिलाइ हुन्थ्यो भने, अरू पालिकामा झन पुस्तक नपाएरै वार्षिक परीक्षासमेत दिएको गुनासो सुनिन्थ्यो । यो वर्ष भने सबैको समस्याको समाधान हुने भयो ।’

    जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार आठ स्थानीय तहका लागि आइतबार साँझसम्म पुस्तक पुगेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जयपृथ्वी, बुङ्गल, थलारा, छविस, मष्टा, सुर्मा, साइपाल, वित्थडचिर गाउँपालिकाका लागि पाठ्यपुस्तक सम्बन्धित पालिकामा पुगेको बताए । उनका अनुसार यो साताभित्र जिल्लाका सबै विद्यालयमा विद्यार्थीको हातहातमा पुस्तक पुगिसक्ने छन् ।

    शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर शिक्षा मन्त्रालयको निर्णयबमोजिम विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक जिल्लामा पुगेको जिल्ला शिक्षा तथा समन्वय एकाइ बझाङका प्रमुख सुरेन्द्र कठायतले जानकारी दिए । उनले जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै पुस्तक छापेकाले नयाँ वर्षको पहिलो सातामै पुस्तक जिल्लामा पुगेको बताए ।

    ‘विद्यालयले सिधै केन्द्रसँग समन्वय गरेर ल्याउँदा पाठ्यपुस्तक छिटो पनि पुगेका छन्’, कठायतले भने, ‘बझाङमै पनि वित्थडचिर गाउँपालिकाका छ विद्यालयले केन्द्रसँग समन्वय गरेर बिहीबार नै दुई हजार सेट पुस्तक ल्याइसकेको छ ।’ सबैको समन्वयमा केही दिन ढिलाइ हुन सक्ने विद्यालयले पनि केन्द्रसँग समन्वय गरिरहेका छन् ।

    साइपालमा बुधबार वितरण गरिने

    साइपाल गाउँपालिकाका शिक्षा शाखा प्रमुख खडक बुढाका अनुसार साइपाल गाउँपालिकाका ११ वटै सामुदायिक विद्यालयमा बुधबार पाठ्यपुस्तक वितरण गरिनेछ । आइतबार साँझसम्म ६ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीका लागि पाठ्यपुस्तक पुगेको र १ देखि ५ सम्मका पुस्तक सोमबार बिहान पुग्ने हुँदा एकमुष्टै बुधबार पालिकामा वितरण गर्ने उनले बताए । ‘विद्यार्थी भर्ना गर्दै हातहातमा पुस्तक दिने तयारी गरेका छौँ’, उनले भने ।

    बुढाका अनुसार विगतका दिनमा पुस्तककै हाहाकार हुन्थ्यो । ‘यो शैक्षिक सत्रमा भने विद्यार्थीको पठनपाठनमा सुधार हुने आशा गरेका छौँ’, उनले भने, ‘साइपाल आफैँमा मुलुककै सबैभन्दा दुर्गम गाउँपालिका हो । यहाँ सबै अभावै अभाव हुन्छ । पाठ्यपुस्तक पुग्न त झण्डै शैक्षिक सत्रको दश महिनासम्म पनि कुर्नुपथ्र्यो । यो पटक भने आजसम्मकै छिटो पुगेको हो ।’

    गत माघ ३ गते शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएर कार्यभार सम्हालेकै दिन शैक्षिक गुणस्तरका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने बताए । उनले भनेका थिए, ‘लामो समयदेखि सार्वजनिक शिक्षा बलियो हुनुपर्छ भनेर आफैँ अभियानमा लागेको भएर पहिलो प्राथमिकता भनेको सिकाइ उपलब्धिलाई कसरी अगाडि बढाउने भन्ने चिन्तनबाट शिक्षा मन्त्रालयको नेतृत्व गर्छु ।’

    उनले तल्ला कक्षामा दरबन्दी समायोजन गर्नुपर्ने, विश्वविद्यालय सुधार गर्नुपर्ने, पाठ्यपुस्तक नपाउने समस्या निर्मूल पार्ने, शैक्षिक सत्र सुरु हुँदै पाठ्यपुस्तक हातमा पु¥याउने योजना सुनाए । उनको योजनासँगै मन्त्रालयले कक्षा १ देखि कक्षा ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दियो । शैक्षिक सत्र २०८० का लागि देशभर कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्य सामग्री निजी क्षेत्रका मुद्रक तथा वितरकबाट छपाइ गरी बिक्री–वितरण गर्ने निर्णय ग¥यो ।

    मन्त्रालयले यसअघि कक्षा १ देखि ३ सम्मको पुस्तक छपाइको जिम्मा निजीलाई दिएको थियो । जनक शिक्षा सामग्री केन्द्रले तयार पारेको प्रिन्ट रेडी कपी (पीआरसी) का आधारमा निजीले पाठ्यपुस्तक छापेसँगै देशभर एकैपटक पुस्तक पुगेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले जानकारी दिए ।अघिल्लो शैक्षिक सत्रमा साइपालको धलौन माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको केही साताअघि मात्रै पाठ्यपुस्तक पुग्यो । विद्यार्थीले पुस्तक नपढेरै परीक्षा दिए । गत शैक्षिक सत्रमा पनि त्यो क्रम जारी रह्यो । पाठ्यपुस्तकको अभावले विद्यार्थीको सङ्ख्या पनि घट्यो ।

    भर्ना सङ्ख्या र कक्षा हाजिरी हेर्दा विद्यार्थीको उपस्थिति निकै कम देखियो । जनप्रतिनिधिदेखि शिक्षाका सबै कर्मचारीले पाठ्यपुस्तककै अभावको कारण देखाए । माध्यमिक तहसम्मका विद्यार्थीले सोचेअनुरूप नतिजा पनि ल्याउन सकेनन् । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा पनि उत्तीर्णसम्म मात्रै आउन सक्ने अनुमान गरियो ।

    शिक्षक जीवन बोहराका अनुसार यस नयाँ वर्षमा भने पाठ्यपुस्तकका लागि सरकारले विद्यालयलाई ‘सरप्राइज’ दियो, पाठ्यपुस्तक । ‘राजधानीको जस्तै शैक्षिक सत्रको सुरूआतमै जिल्ला सदरमुकाम चैनपुरमा पाठ्यपुस्तक पुगेपछि शिक्षक विद्यार्थी उत्साहित नहुने कुरै भएन,’ उनले भने, ‘अब राज्यले शिक्षा सुधारका लागि ठोस निर्णय गरेको देखियो । हाम्रो साइपालमा त इतिहासमै पहिलोपटक वैशाखको पहिलो सातामै पाठ्यपुस्तक पुग्दैछ ।’

    सत्यवादी माध्यमिक विद्यालयमा अध्ययनरत हिमेश जोशी भन्छन्, ‘कुनै वर्ष पनि शैक्षिक सत्रको पहिलो महिनामा नपुगेका पुस्तक यो पटक वितरण हुने भएका छन्’, जोशीका अनुसार विद्यार्थीले अघिल्लो वर्ष त्रैमासिक, अर्धवार्षिक परीक्षा पनि पुस्तकबिनै दिएका थिए ।

    ‘गत वर्ष पनि केही पुस्तक शैक्षिक सत्रको आठ महिनापछि पाएका थियौँ’, उनले भने, ‘जिल्ला सदरमुकाममा त यति ढिलाइ हुन्थ्यो भने, अरू पालिकामा झन पुस्तक नपाएरै वार्षिक परीक्षासमेत दिएको गुनासो सुनिन्थ्यो । यो वर्ष भने सबैको समस्याको समाधान हुने भयो ।’

    जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार आठ स्थानीय तहका लागि आइतबार साँझसम्म पुस्तक पुगेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जयपृथ्वी, बुङ्गल, थलारा, छविस, मष्टा, सुर्मा, साइपाल, वित्थडचिर गाउँपालिकाका लागि पाठ्यपुस्तक सम्बन्धित पालिकामा पुगेको बताए । उनका अनुसार यो साताभित्र जिल्लाका सबै विद्यालयमा विद्यार्थीको हातहातमा पुस्तक पुगिसक्ने छन् ।

    शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर शिक्षा मन्त्रालयको निर्णयबमोजिम विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक जिल्लामा पुगेको जिल्ला शिक्षा तथा समन्वय एकाइ बझाङका प्रमुख सुरेन्द्र कठायतले जानकारी दिए । उनले जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै पुस्तक छापेकाले नयाँ वर्षको पहिलो सातामै पुस्तक जिल्लामा पुगेको बताए ।

    ‘विद्यालयले सिधै केन्द्रसँग समन्वय गरेर ल्याउँदा पाठ्यपुस्तक छिटो पनि पुगेका छन्’, कठायतले भने, ‘बझाङमै पनि वित्थडचिर गाउँपालिकाका छ विद्यालयले केन्द्रसँग समन्वय गरेर बिहीबार नै दुई हजार सेट पुस्तक ल्याइसकेको छ ।’ सबैको समन्वयमा केही दिन ढिलाइ हुन सक्ने विद्यालयले पनि केन्द्रसँग समन्वय गरिरहेका छन् ।

    साइपाल गाउँपालिकाका शिक्षा शाखा प्रमुख खडक बुढाका अनुसार साइपाल गाउँपालिकाका ११ वटै सामुदायिक विद्यालयमा बुधबार पाठ्यपुस्तक वितरण गरिनेछ । आइतबार साँझसम्म ६ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीका लागि पाठ्यपुस्तक पुगेको र १ देखि ५ सम्मका पुस्तक सोमबार बिहान पुग्ने हुँदा एकमुष्टै बुधबार पालिकामा वितरण गर्ने उनले बताए । ‘विद्यार्थी भर्ना गर्दै हातहातमा पुस्तक दिने तयारी गरेका छौँ’, उनले भने ।

    बुढाका अनुसार विगतका दिनमा पुस्तककै हाहाकार हुन्थ्यो । ‘यो शैक्षिक सत्रमा भने विद्यार्थीको पठनपाठनमा सुधार हुने आशा गरेका छौँ’, उनले भने, ‘साइपाल आफैँमा मुलुककै सबैभन्दा दुर्गम गाउँपालिका हो । यहाँ सबै अभावै अभाव हुन्छ । पाठ्यपुस्तक पुग्न त झण्डै शैक्षिक सत्रको दश महिनासम्म पनि कुर्नुपथ्र्यो । यो पटक भने आजसम्मकै छिटो पुगेको हो ।’

    गत माघ ३ गते शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएर कार्यभार सम्हालेकै दिन शैक्षिक गुणस्तरका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने बताए । उनले भनेका थिए, ‘लामो समयदेखि सार्वजनिक शिक्षा बलियो हुनुपर्छ भनेर आफैँ अभियानमा लागेको भएर पहिलो प्राथमिकता भनेको सिकाइ उपलब्धिलाई कसरी अगाडि बढाउने भन्ने चिन्तनबाट शिक्षा मन्त्रालयको नेतृत्व गर्छु ।’

    उनले तल्ला कक्षामा दरबन्दी समायोजन गर्नुपर्ने, विश्वविद्यालय सुधार गर्नुपर्ने, पाठ्यपुस्तक नपाउने समस्या निर्मूल पार्ने, शैक्षिक सत्र सुरु हुँदै पाठ्यपुस्तक हातमा पु¥याउने योजना सुनाए । उनको योजनासँगै मन्त्रालयले कक्षा १ देखि कक्षा ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दियो । शैक्षिक सत्र २०८० का लागि देशभर कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्य सामग्री निजी क्षेत्रका मुद्रक तथा वितरकबाट छपाइ गरी बिक्री–वितरण गर्ने निर्णय ग¥यो ।

    मन्त्रालयले यसअघि कक्षा १ देखि ३ सम्मको पुस्तक छपाइको जिम्मा निजीलाई दिएको थियो । जनक शिक्षा सामग्री केन्द्रले तयार पारेको प्रिन्ट रेडी कपी (पीआरसी) का आधारमा निजीले पाठ्यपुस्तक छापेसँगै देशभर एकैपटक पुस्तक पुगेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology