Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

स्थानीय तहद्वारा पाठ्यपुस्तक निर्माण

स्थानीय तहद्वारा पाठ्यपुस्तक निर्माण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १५, २०८० शुक्रवार • १०:२९:५५ बजे
  • 424
    SHARES
  • स्थानीय तहद्वारा पाठ्यपुस्तक निर्माण

    नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्यक्रमअनुरुप कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निर्माण गरेको छ ।

    images

    विद्यार्थीलाई गाउँपालिकाको समग्र अवस्थाका बारेमा जानकारी गराउने गरी गाउँपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयको कक्षा १ देखि ५ सम्मका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरिएको हो । गाउँपालिकाले आधारभूत तह १–८ लागि ‘हाम्रो विनयी त्रिवेणी’ नामको पाठ्यक्रम निर्माण गरेको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।

    विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले विनयी त्रिवेणीको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्े गाउँपालिका अध्यक्ष गिरीले विश्वास व्यक्त गर्नुभयो ।

    “चालु शैक्षिकसत्रदेखि कक्षा १–५ सम्मका लागि स्थानीय पाठ्यपुस्तक नै निर्माण गरी अध्यापन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकाले त्यसको अभ्यास गरेका छौँ ।”

    पाठ्यक्रममा गाउँपालिकाको भूगोल, कला, संस्कृति, इतिहास, भाषा, धर्म, स्वास्थ्य, सरसफाइ, पर्यावरण, पेसा–व्यवसाय, विपद् व्यवस्थापन तथा जीवनोपयोगी सीप समेटेर पाठ्यक्रम निर्माण गरेको विनयी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले बताउनुभयो । 

    “विद्यार्थीलाई कक्षागत आधारमा स्थानीय पाठ्यक्रममा विभिन्न विषय समावेश गरिएको छ”, उहाँले भन्नुभयो, “आधारभूत पाठ्यक्रममा गाउँपालिकाको समग्र अवस्था विद्यार्थीले सहजै पहिचान गर्न पाउनेछन् ।”
     
    गाउँपालिकाले हाल स्थानीय पाठ्यक्रमको कक्षा १ देखि ५ सम्मको पाठ्पुस्तकलाई छपाइका लागि पठाइसकेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयमा पाठ्यपुस्तक एक हप्ताभित्रमा निःशुल्क उपलब्ध गराउने गरी तयारी गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख भूपराज पाण्डेले बताउनुभयो । 

    “पाठ्यक्रममा आधारित रहेर पाठ्यपुस्तक लेखन र छपाइको काम सकेर वैशाखभित्रमै विद्यालयमा कार्यान्वयनमा लगिने छ”, उहाँले भन्नुभयो । पाठ्यक्रमले तहगत सक्षमतासमेत तय गरेको छ ।  कक्षा १–३ ले गाउँ, वडा र पालिकाको परिचय, स्थानीय प्राकृतिक स्रोत तथा सम्पदा र पर्यटकीयस्थलको पहिचानलगायतका सक्षमता हासिल गर्ने पाठ्यक्रममा उल्लेख छ । 

    पाठ्यक्रममा कक्षा ४ र ५ ले गाउँपालिकाको नक्साङ्कन, अवस्था पहिचानसँगै जीवनपयोगी सीपलगायतका सक्षमता हासिल गर्ने उल्लेख छ । कक्षा ६–८ ले गाउँपालिकाको इतिहासको जानकारी, गाउँपालिका गठन, सेवा प्रवाह, स्थानीय पर्यटन र व्यापारको सम्भावना अध्ययन गर्न सक्ने सक्षमता हासिल गर्न सक्ने पाठ्यक्रममा उल्लेख छ ।

    आफैँले देखेका, प्रयोग गरेका, दैनिकीसँग जोडिएका कुरा किताबमा समेटिँदा पढाइमा नयाँपन थपिएको जनता आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद बस्यालले बताउनुभयो । उहाँका अनुसार स्थानीय पाठ्यक्रमअन्तर्गत वडा, स्थानीय सामाजिक संस्था र गाउँपालिकाको सामान्य जानकारी, विनयी त्रिवेणी गाउँपालिकाको भौगोलिक, सामाजिक र सांस्कृतिक अवस्थाका बारेमा जानकारी पढाइ हुने गरेको छ । विनयी त्रिवेणीभित्रका ४२ सामुदायिक र १२ संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # पाठ्यपुस्तक निर्माण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology