Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

विश्वविद्यालयका स्थगित परीक्षा सुरु गर्ने शिक्षा मन्त्रालयको तयारी

विश्वविद्यालयका स्थगित परीक्षा सुरु गर्ने शिक्षा मन्त्रालयको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७७ आइतवार • १८:३०:४७ बजे
  • 2.1K
    SHARES
  • विश्वविद्यालयका स्थगित परीक्षा सुरु गर्ने शिक्षा मन्त्रालयको तयारी

    विश्वविद्यालय अनुदान आयोगले कोभिड–१९ को सुरक्षा प्रोटोकल कायम गरी विश्वविद्यालयका स्थगित परीक्षा लिन सिफारिस गरेको छ।

    images

    आयोगले पहिलो प्राथमिकता पारम्परिक परीक्षालाई दिन र परीक्षा लिन सम्भव नभएका विश्वविद्यालयले विद्यार्थीलाई माथिल्लो सेमेस्टर वा वर्षमा पठनपाठन कायम गरी दुईवटा सेमेस्टरको परीक्षा एकैपटक लिन सिफारिस गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्।

    शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा गठन गरेको समितिले कोभिड–१९ महाव्याधीले सिर्जना गरेको अवस्थालाई सम्बोधन गर्दै नेपालका विश्वविद्यालयहरूमा इ–सिकाइ तथा परीक्षा प्रणाली व्यवस्थित गर्न बनेको निर्देशिका–२०७७’ शिक्षा मन्त्रालयलाई बुझाएको छ।

    सोही निर्देशिकाको सिफारिसका आधारमा शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले आयोग र विश्वविद्यालयलाई भर्चुअल कक्षा र परीक्षाका विषयमा निर्देशन दिने तयारी गरेका छन् । निर्देशनपछि विश्वविद्यालयका प्राज्ञिक परिषद्ले आवश्यक निर्णय गरी पठनपाठन र परीक्षाका विषयमा छुट्टै निर्णय गर्नुर्पेछ।

    विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्रा.डा.देवराज अधिकारीले सकेसम्म परीक्षा लिने र सम्भव नभएमा शैक्षिक सत्र खेर नजाओस् भनेर वर्ष वा सेमेस्टर स्तरोन्नति गर्न सिफारिस गरेको बताए।

    गत ६ चैतबाट सबै शैक्षिक संस्था बन्द भएका थिए भने सञ्चालन भइरहेका परीक्षासमेत स्थगित भएका थिए । कतिपय संकायमा आधा विषयमा परीक्षा दिएर तीन महिनासम्म अर्को विकल्प नहुँदा विद्यार्थी तनावमा छन् ।

    उच्च शिक्षामा करिब ८० प्रतिशत विद्यार्थीको भार रहेको त्रिभुवन विश्वविद्यालयमा विभिन्न तह र संकायमा परीक्षा सञ्चालन हुँदाहुँदै स्थगित भएका थिए । व्यवस्थापन संकायका स्नातकोत्तर तहमा दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेका थिए । एमए दोस्रो र चौथो सेमेस्टरको परीक्षा सुरु हुन एकरदुई दिन मात्र बाँकी थियो ।

    इन्जिनियरिङलगायतमा यस्तो समस्या छ । परीक्षा दिने विद्यार्थीले न त माथिल्लो सेमेस्टर अनलाइनमा पढ्न पाएका छन् न त विश्वविद्यालयले परीक्षाको कुनै विकल्प दिएको छ ।

    काठमाडौं विश्वविद्यालयले सेमेस्टर प्रणालीमा असर नपर्ने गरी शिक्षकले गरेको आन्तरिक मूल्यांकनका आधारमा विश्वविद्यालयका विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरी कार्यान्वयमा लागेको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology