Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

पहिलो पटक अन्तरीक्षमा पुगिन् अरबी महिला

पहिलो पटक अन्तरीक्षमा पुगिन् अरबी महिला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ९, २०८० मंगलवार • १०:२१:०१ बजे
  • 421
    SHARES
  • पहिलो पटक अन्तरीक्षमा पुगिन् अरबी महिला

    पहिलो पटक एक अरबी महिला अन्तरीक्षमा पुगेकी छन्। साउदी अरबकी रेयाना बर्नावी अमेरिकाबाट आइतबार प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन- ९ रकेट मार्फत पठाइएको एक्सिओम स्पेसबाट उनी अन्तरीक्षमा पुगेकी हुन् ।

    images

    एक्सिओम स्पेसको यो दोस्रो निजी मिसनमा साउदीका अर्का एक पुरुष पनि सहभागी छन्। बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने छन् ।

    बायोमेडिकल वैज्ञानिक रहेकी बर्नावीले अन्तरिक्षमा रहने अवधिमा स्टेम सेल र स्तन क्यान्सरबारे अनुसन्धान गर्ने बीबीसीले जनाएको छ। बर्नावीले रियाद स्थित किङ फैसल स्पेसियालिस्ट हस्पिटल एन्ड रिसर्च सेन्टरमा स्टेम सेल र तन्तुको पुनः बनावटबारे परियोजनामा अनुसन्धान प्रयोगशाला प्राविधिककी रुपमा गरेका कामको अनुभवका आधारमा आफ्ना केही प्रयोगहरु गर्ने भएकी छन्।

    उनले आफ्नो अन्तरिक्ष यात्राले मध्यपूर्वी एसियाली देशका महिलाहरुलाई जागरुक बनाउने विश्वास लिएकी छन्। उनीसँग अन्तरिक्षमा गएका अरबी पुरुष अली अलकर्नी अन्तरिक्ष पुग्ने दोस्रो अरबी पुरुष हुन्। उनी मिसन विशेषज्ञसमेत हुन्। उनीहरुसँग दुई अमेरिकी सहभागी छन्।

    उनीहरु स्पेस एक्सको ड्रागन अन्तरिक्षयानमार्फत् अन्तरिक्षमा पुगेका थिए । साउदी अरबमा महिलाहरुले आफैँ गाडी चलाउने अधिकार सन् २०१८ मा मात्रै पाएका थिए । मानव अधिकारकर्मीहरुले पुरुष अभिभावकत्वको कानुनले यहाँ अझै पनि महिलाका अधिकारहरु सीमित गरेको आरोप लगाउने गरेका छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology