Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वैज्ञानिकहरुले फेला पारे भाइरस खाने जीव (अध्ययन रिपोर्टसहित)

वैज्ञानिकहरुले फेला पारे भाइरस खाने जीव (अध्ययन रिपोर्टसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७७ शुक्रवार • १४:३४:५४ बजे
  • 2.7K
    SHARES
  • वैज्ञानिकहरुले फेला पारे भाइरस खाने जीव (अध्ययन रिपोर्टसहित)

    एजेन्सी । सिंगो विश्व कोरोना भाइरस संक्रमणको महामारीसंग संघर्षरत छ । भाइरस मार्ने औषधि नपाउँदा कोरोना संक्रमणले उग्र रुप लिएको हो । तर यही बीचमा एउटा सुखद खबर आएको छ । वैज्ञानिकहरुले भाइरस खाने सुक्ष्म जीव फेला पारेका छन । वैज्ञानिकहरुले पाएको यो सफलताले केही आसा जगाएको छ । वैज्ञानिकहरुले फेला पारेको यो जीवले विभिन्न प्रकारका भाइरस खान्छ । उनीहरुले बताए अनुसार यो सुक्ष्म जीवको खाना भनेकै भाइरस हो । यो जीव ब्रम्हाण्डकै पहिलो जीव हो, जसले भाइरस खान्छ । वैज्ञानिकहरुले कैयौं पटकको परीक्षण पश्चात यस्तो घोषणा गरेका हुन ।

    images
    भाइरस खाएर बाँच्ने यो सुक्ष्म जीव स्पेनको क्याटोलिना नजिक रहेको माइनको खाडी र भूमध्य सागरमा फेला पारेको हो । वैज्ञानिकहरुले यो सुक्ष्म जीवलाई प्रोटिस्ट्स भन्ने नाम दिएका छन । प्रोटिस्ट्सको अध्ययन गर्ने क्रममा वैज्ञानिकहरुले दुई प्रकारका समुह फेला परे । जसलाई चोआनोजेंस र पिकोजोंस भनिन्छ । यी दुईका डिएनएमा सामान्य फरक भेटियो । मेन शहरकी बासिन्दा बिग्लो ल्याबोरेटोरी फर ओसन साइन्सेजका अनुशन्धानकर्ता तथा यो शुक्ष्म जीवको खोज गरेकी जुलिया ब्राउनका अनुसार यो जीवको डिएनए अन्य कुनै पनि जीवसंग मिल्दैन । उनले भनिन, “मानिस, जीवजन्तु तथा बनस्पतिलाई समस्यामा पार्ने भाइरस खाने जीव भेटिएको छ ।”

    प्रोटिस्ट्सको अध्ययका सम्बन्धमा ब्राउनले अगाडी भनिन, “सुरुमा प्रोटिस्ट्सलाई भाइरस संक्रमण भएको जस्तो देखिएको थियो । तर गहन अध्ययन गर्दै जाँदा यसले भाइरसलाई निलेर पचाएको तथ्य फेला पर्यो ।” यो अनुशन्धानको रिपोर्ट फ्रन्टियर्स इन माइक्रो बायोलोजी नामक पत्रिकामा प्रकाशित भएको छ । भियना युनिभर्सिटीको माइक्रोबियल इकोलोजिस्ट क्रिश्चियन ग्रीबलर भने भाइरस कुनै सुक्ष्म जीवको पेटमा गयो भन्ने विषयमा विश्वस्त हुन सकिरहेका छैनन । उनले भने, “भाइरसले त हमला गर्छ । त्यसलाई खान गाह्रो हुन्छ । यस बारेमा अझै गहन अध्ययन गर्न जरुरी छ । यदी यो सुक्ष्म जीवले वास्तवमै भाइरसलाई खान्छ भने यो निकै खुसीको कुरा हो ।”

    प्रोटिस्ट्सले खाने आहाराको श्रृंखला अर्थात फुड चेनका बारेमा प्राप्त भएको नयाँ जानकारीले वैज्ञानिकहरुलाई निकै खुसी तुल्याएको छ । प्रोटिस्ट्सले आफ्नो न्युक्लियसमा डिएनए राख्छ । जसलाई युकारियोट्स भनिन्छ । युकारियोट्समा भाइरसको अंश भेटिएको कुरालाई क्रिश्चियन ग्रीबलरले पनि स्विकारे । यसबाट प्रोटिस्ट्सले भाइरस खान्छ भन्ने आसा जगाएको छ । जूलिया ब्राउनले माइनको खाडीमा १७०० वटा प्रोटिस्ट्सहरुको अध्ययन गरेकी छिन । यी १७०० प्रोटिस्ट्समा १० थरिका फरक फरक प्रोटिस्ट्सहरु थिए । यी सबैको डिएनए परीक्षण गरियो । यो परीक्षणबाट माइनको खाडीबाट निकालिएका मध्ये ५१ प्रतिशत र भूमध्य सागरबाट निकालिएका मध्ये ३५ प्रतिशत प्रोटिस्ट्सले ब्याक्टेरियोफेजका रुपमा भाइरस खाने रहस्य पत्ता लाग्यो ।

    ब्याक्टेरियामा संक्रमण गराउन सक्ने भाइरसलाई ब्याक्टेरियोफेज भाइरस भनिन्छ । वैज्ञानिकहरुले चोआनोजोंस र पिकोजोंसको बारेमा अध्ययन गर्दा यीनीहरुका १०० प्रतिशत नमुनामा भाइरसको डिएनए सिक्वेन्स फेला पारे । यो तथ्यले प्रोटिस्ट्सले कुनै न कुनै रुपमा भाइरसलाई खान्छ भन्ने प्रमाणित हुन्छ ।

    यस बारेमा क्रिश्चिय ग्रीबलरले भने, “चोआनोजोंसले ब्याक्टेरिया खान्छ भन्ने बिषय यसअघि नै प्रमाणित भैसकेको हो । तर पिकोजोंसको खानपानको विषय रहस्यकै रुपमा रहेको थियो । जुलिया र उनके टिमको अध्ययनले यसको फुड चेनको बारेमा एउटा किनारा देखाइदिएको छ । यसमा अझै थप अध्ययनका आवश्यकता छ ।”

    भविष्यमा हुने भाइरसजन्य रोगको निदानका लागि यीनै सुक्ष्म जीवको सहयोग लिनु पर्ने अवस्था आउन सक्ने सम्भावनामा दम रहेको क्रिश्चियन ग्रीवलरले बताए । किनकी यो सुक्ष्म जीव ब्रम्हाण्ड भरि छ । यो कहिल्यै नष्ट र निर्मुल हुँदैन । यस बारे थप अध्ययन गर्ने हो भने यही सुक्ष्म जीवबाट थुप्रै खाले रोग निको पार्न सक्ने औषधि प्राप्त हुन सक्ने योरभ्युजले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology