Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दी बागलुङ र पर्वतमा एन्जल्स हार्टले छात्रवृत्तिको लागि परीक्षा सञ्चालन गर्दै

म्याग्दी बागलुङ र पर्वतमा एन्जल्स हार्टले छात्रवृत्तिको लागि परीक्षा सञ्चालन गर्दै

चन्द्र गाेतामे

चन्द्र गाेतामे

जेठ १७, २०८० बुधवार • ००:०९:०७ बजे
  • 3.5K
    SHARES
  • म्याग्दी बागलुङ र पर्वतमा एन्जल्स हार्टले छात्रवृत्तिको लागि परीक्षा सञ्चालन गर्दै

    काठमाडौं, तारकेश्वर नगरपालिका–१०, मनमैजुमा रहेको एन्जल्स हार्ट सेकेन्डरी स्कूलले एसईई दिएका जेहनदार विद्यार्थीलाई लक्षित गरि परीक्षा सञ्चालन गरेर छनोट भएका विद्यार्थीहरूलाई पूर्ण तथा आंशिक छात्रवृत्तिको व्यवस्था गर्ने भएको छ ।

    images

    म्याग्दी बेनी बजारस्थित गुरुकुल इन्स्टिच्युटमा २०८० जेठ १९ गते विहान १० बजेबाट परीक्षा सञ्चालन हुने शिक्षक दिपक आचार्यले बताए । म्याग्दी जिल्लाका विभिन्न विद्यालयबाट एसईई दिएका विद्यार्थीलाई छात्रवृत्तिका लागि परीक्षामा सहभागी हुनका लागि अनुरोध गरेका छन । म्याग्दीबाट परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा लिने १ जना छात्र र १ जना छात्राले पूर्ण छात्रवृत्ति पाउने छन । १ जना छात्र र १ जना छात्राले आंशिक छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन  ।

    बागलुङ बजार गोल्डेन गेत इन्स्टिच्युटमा २०८० जेठ १७ गते बिहान १० बजे र धवलागिरी मोर्डन इन्स्टिच्युटमा बिहान ७ बजे, बागलुङ बुर्तिवाङ्ग बजारमा २०८० जेठ १८ गते बिहान १० बजे परीक्षा सञ्चालन हुनेछ  । बागलुङबाट परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा लिने १ जना छात्र र १ जनाले छात्रा पूर्ण छात्रवृत्ति पाउने छन । १ जना छात्र र १ जना छात्राले आंशिक छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन  ।

    त्यसैगरी पर्वत कुश्मा बजारमा रहेको  अक्सफोर्ड इन्स्टिच्युटमा २०८० जेठ २० गते  बिहान १० बजे र  शिवालय माध्यमिक विधालयमा बिहान ८ बजे परीक्षा सञ्चालन हुनेछ । पर्वतबाट परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा लिने १ जना छात्र र १ जना छात्राले पूर्ण छात्रवृत्ति पाउने छन । भने १ जना छात्र र १ जना छात्राले आंशिक छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन  ।

    पूर्ण छात्रवृत्ति पाउने विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन  र खानेबस्ने सुविधासहित होस्टल बस्नका लागि कुनै पनि शुल्क लाग्ने छैन । त्यसैगरी आंशिक छात्रवृत्ति पाउने विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन र खानेबस्ने सुविधासहित होस्टल बसेको आधा शुल्क लाग्नेछ ।

  • सम्बन्धित विषय:

  • # शिक्षा
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology