Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरसविरुद्ध लड्ने शक्तिशाली एन्टीबडी

पत्ता लाग्यो कोरोना भाइरसविरुद्ध लड्ने शक्तिशाली एन्टीबडी (अध्ययन रिपोर्टसहित)

पत्ता लाग्यो कोरोना भाइरसविरुद्ध लड्ने शक्तिशाली एन्टीबडी (अध्ययन रिपोर्टसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०७७ शनिवार • ११:५८:०९ बजे
  • 2.0K
    SHARES
  • पत्ता लाग्यो कोरोना भाइरसविरुद्ध लड्ने शक्तिशाली एन्टीबडी (अध्ययन रिपोर्टसहित)

    एजेन्सी । सिंगो विश्व कोरोना भाइरस संक्रमणबाट ग्रस्त छ । संक्रमण मृत्यु दर दिन प्रतिदिन बढ्दो छ । अचुक औषधिको अभावमा प्रयोगात्मक शैलीको उपचारका भरमा जसोतसो जीवन बचाउने प्रयत्नहरु भैरहेका छन । तर पनि वैज्ञानिकहरुले आ–आफ्ना प्रयास गरिरहेकै छ ।

    images
    विभिन्न सञ्चार माध्यममा आएका समाचारहरु अनुसार कोरोनाविरुद्धको खोप बनाउन वैज्ञानिकहरु निरन्तर लागिरहेका छन । यो प्रयास टुंगिएको छैन । किनकी अहिलेसम्म कोरोना भाइरस संक्रमणविरुद्धको अचुक औषधि सर्वसाधारणका लागि उपलब्ध हुन सकेको छैन ।

    यसैबीचमा जर्मनीका वैज्ञानिकहरुको एउटा सफलताले आसा जगाएको छ । किनकी उनीहरुले कोरोना भाइरससंग लड्न सक्ने अत्यधिक प्रभावशाली एन्टीबडी पत्ता लगाएका छन । यसलाई कोरोना भाइरसविरुद्धको खोप बनाउन प्रयोग गर्न सकिने उनीहरुको दावी छ ।

    जर्मन सेन्टर फर न्युरोडिजेनेरेटिव एण्ड च्यारिटी यूनिभर्सिमेडिजिन बर्लिनका वैज्ञानिकहरुले यस्तो सफलता हात पारेका हुन । उनीहरुले कोरोना संक्रमित विरामीको रगतबाट ६०० प्रकारका फरक फरक एन्टिबडी लिए ।

    ती सबै एन्टिबडीले भाइरस माथी गर्ने असरका बारेमा प्रयोगशालामा गहन अध्ययन गरे । वैज्ञानिकहरुले ती एन्टिबडीको सहयोगमा एक कृत्रिम एन्टीबडीको विकास गरे । यो एन्टीबडीलाई ‘न्युट्लाइजिंग’ नाम दिइएको छ ।

    वैज्ञानिकहरुले यो ‘न्युट्लाइजिंग’ एन्टीबडीले कोरोना भाइरसलाई गर्ने असर बारे अध्ययन गर्दा भाइरसविरुद्ध एन्टीबडी सफल भएको तथ्य फेला पारे ।

    वैज्ञानिकहरुले बताए अनुसार यो ‘न्युट्लाइजिंग’ एन्टीबडीले कोरोना भाइरसलाई मानव कोशिकाहरुमा प्रवेश गर्न र प्रजनन् गर्न पूर्ण रुपमा रोक्छ । यद्यपी यस विषयमा अझै अध्ययन अनुसन्धान गर्न बाँकी नै छ ।

    जर्मन सेन्टर फर न्युरोडिजेनेरेटिव एण्ड च्यारिटी यूनिभर्सिमेडिजिन बर्लिनका वैज्ञानिकहरुको अनुशन्धानको रिपोर्ट सेल जर्नलमा प्रकाशित भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology