Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

किन बढ्छ खराब कोलेस्टेरोल

किन बढ्छ खराब कोलेस्टेरोल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०८० शनिवार • २१:३५:४७ बजे
  • 1.2K
    SHARES
  • किन बढ्छ खराब कोलेस्टेरोल

    शरीरमा कलेजोले उत्पादन गर्ने बोसोजस्तो पदार्थलाई कोलेस्टेरोल भनिन्छ । भिटामिन डी, पाचन र एस्ट्रोजेन, प्रोजेस्टेरोन, टेस्टोस्टेरोन, कोर्टिसोल र एल्डोस्टेरोनजस्ता धेरै हार्मोन निर्माणको लागि कोलेस्टेरोल आवश्यक हुन्छ । विभिन्न प्रकारका शारीरिक कार्य गर्न शरीरमा कोलेस्टेरोलको मात्रा उचित हुनुपर्छ । शरीरमा कोलेस्टेरोल हुनु खतरा होइन, तर खराब कोलेस्टेरोल बढ्नु भनेको खराब हो ।

    images

    कोलेस्टेरोल मुख्यतया दुई प्रकारको हुन्छ ‘एचडीएल’ र  ‘एलडीएल’ । हाइ डेन्सिटीयुक्त लिपोप्रोटिन वा ‘एचडीएल’लाई राम्रो कोलेस्टेरोल मानिन्छ । यसले हाम्रो धमनीमा हुने अवरोध हटाउन सहयोगी मानिन्छ र खराब कोलेस्टेरोललाई बाहिर निकाल्न मद्दत गर्छ । अर्को चाहिं लो डेन्सिटी लिपोप्रोटिन वा ‘एलडीएल’ खराब कोलेस्टेरोल हो, जसले धमनीमा अवरोध पुर्‍याउँछ र हृदयघात तथा मस्तिष्कघात हुने सम्भावना बढाउँछ ।

     

    ब्याड कोलेस्टेरोलले मुटुको रोग बढाउने सम्भावना हुन्छ भने गुड कोलेस्टेरोलले भने अप्रत्यक्ष रूपमा मधुमेह, उच्च रक्तचाप र मुटुको रोगको जोखिमबाट बचाइरहेको हुन्छ ।

    खराब कोलेस्टेरोल किन बढ्छ ?

    वंशाणुगत कारण, अस्वस्थ जीवनशैली, प्रशोधित खानेकुरा अत्यधिक सेवन र मुटुरोग, मोटोपन भएका व्यक्तिमा कोलेस्टेरोल बढ्ने समस्या हुन सक्छ । अमेरिकाको सरकारी एजेन्सी सी डिसी ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’को अध्ययनले खराब कोलेस्टेरोल घटाउन खाना र जीवनशैली नै परिवर्तन गर्नुपर्ने बताएको छ ।

    खराब कोलेस्टेरोल ट्रान्स फ्याटले बढाउँछ, जुन प्याकेट बन्द खानेकुरामा धेरै हुन्छ । स्याचुरेटेड फ्याट विभिन्न जनावरका मासु, तारेका र प्रशोधित खानेकुरा आदिले खराब कोलेस्टेरोल बढाउँछ । प्रशोधित खानेकुरा, कार्बोहाइड्रेट बढी भएको खानेकुरा र रक्सी खाँदा खाइने स्न्याक्सले पनि खराब कोलेस्टेरोल बढाउँछ ।

    गुड कोलेस्टेरोल बढाउने खानेकुरा

    शरीरमा ब्याड कोलेस्टेरोल बढाउन खानपान जिम्मेवार भएजस्तै गुड कोलेस्टेरोल बढाउन पनि खानाको भूमिका हुन्छ । खराब कोलेस्टेरोललाई घटाइयो भने स्वतः हाम्रो शरीरमा गुड कोलेस्टेरोल बढ्छ । साथै केही खानेकुरा खाएर गुड कोलेस्टेरोल बढाउन सकिन्छ ।

    गुड कोलेस्टेरोल बढाउन मुख्तया ६ खानेकुरा लाभदायक हुन्छन्  । हाडे बदाम, ओखर,आलस, माछा, एभोकाडो, ओलिभ आयल र ओट्सले  गुड कोलेस्टेरोल बढाउन सहयोग गर्छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology