Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अघिल्लो वर्षको तुलनामा यो वर्षको एसईई नतिजा राम्रो, माथिल्लो ग्रेड ल्याउने बढे

अघिल्लो वर्षको तुलनामा यो वर्षको एसईई नतिजा राम्रो, माथिल्लो ग्रेड ल्याउने बढे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०८० बिहिवार • १६:३७:१५ बजे
  • 838
    SHARES
  • अघिल्लो वर्षको तुलनामा यो वर्षको एसईई नतिजा राम्रो, माथिल्लो ग्रेड ल्याउने बढे

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधार हुँदै गएको देखिन्छ ।

    images

    राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजा हेर्दा विगतको तुलनामा सुधारात्मक देखिएको हो । बोर्डले यो वर्ष अनिवार्य गणित, अनिवार्य अंग्रेजी र विज्ञान विषयको स्तरीकृत प्रश्नपत्र प्रणालीबाट परीक्षा लिइएको थियो । माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्यामा बढी देखिएको छ भने तल्लो ग्रेडको नतिजा कम देखिएको छ ।

    बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ३.६० देखि चार जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४७५ रहेका छन् । जुन ४.६३ प्रतिशत हो । २०७८ को नतिजा अनुसार ३।६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ जना रहेका थिए । जुन १.९४ प्रतिशत रहेको थियो ।

    त्यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ५५ हजार ६९ विद्यार्थी रहेका छन् । जुन ११.३६ प्रतिशत रहेको छ । गत वर्षको तुलनामा यो संख्या पनि बढी हो । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले विभिन्न कारणले यो वर्षका नतिजा राम्रो देखिएको बताए ।

    विद्यार्थीले राम्रोसँग पढ्न पाएकाले यो वर्षको नतिजा पनि राम्रो आउने हुन सक्ने उनको अनुमान छ । ‘कोभिड महामारीको पछि परीक्षा लिइएको थियो । विद्यार्थीहरूले राम्रो तयारी गर्न पाएका थिएनन् । यो वर्ष राम्रोसँग पढ्न पाए । विद्यालयले पनि राम्रोसँग पढाउन पायो ।

    बोर्डले सञ्चालन गर्ने परीक्षाको मापदण्ड तथा टुलहरूमा गरिएको सुधारले पनि नतिजा सुधार आएको हुन सक्छ,’ अध्यक्ष शर्माले भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology