Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खतरनाक मस्तिष्क खाने रोग

अमेरिकामा फेरि अर्को खतरनाक मस्तिष्क खाने रोगको आतंक

अमेरिकामा फेरि अर्को खतरनाक मस्तिष्क खाने रोगको आतंक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १२, २०७७ सोमवार • १०:३२:२७ बजे
  • 1.9K
    SHARES
  • अमेरिकामा फेरि अर्को खतरनाक मस्तिष्क खाने रोगको आतंक

    एजेन्सी । कोरोना भाइरस संक्रमणले विश्वमै सबैभन्दा बढी प्रभाव परेको मुलुक अमेरिकामा पुनः अर्को खतरनाक संक्रमण देखिएको छ । हालै मात्र मस्तिष्क खाने अमिबा फेला परेको घटनाले अमेरिकामा थप त्रास फैलिएको हो । संख्यात्मक रुपमा महामारीको अवस्था नभए पनि जनस्वास्थ्यका हिसाबले अमिबाको संक्रमण निकै घातक देखिएको छ ।

    images
    अमिबाको त्रासका कारण विभिन्न ८ वटा शहरहरुमा सावधानी अपनाउन चेतावनी समेत जारी गर्नुपर्यो । पाइप लाइन मार्फत घर घरमा वितरण गरिने पानीमा मस्तिष्क खाने अमिबा भेटिएको हो । यही कारणले टेक्ससको लेक जेक्सन शहरमा त आपतकालिन अवस्थाको घोषणा नै गरिएको थियो । मानव जगतलाई पुनः त्राहीमाम बनाउने यो अमिबाको नाम निग्लेरिया फोउलेरी (Neagleria fowleri) हो ।

    यो अमिबा मानव शरीरमा नाकबाट प्रवेश गर्यो भने निकै घातक सिद्ध हुन्छ । नाकबाट अमिबाको संक्रमण भएकाहरु मध्ये ९० देखि ९५ प्रतिशतको मृत्यु हुन्छ । अमेरिकी राज्य टेक्ससमा निग्लेरिया फोउलेरी (Neagleria fowleri) को संक्रमणबाट ८ सेप्टेम्बरमा ६ बर्षीय बालकको मृत्यु भएको थियो । परीक्षणका क्रममा उनमा अमिबाको संक्रमण पुष्टि भएको थियो । ती बालकमा अमिबाको संक्रमण पोखरीमा पौडी खेल्न जाँदा या घरमा आउने पानीका कारण संक्रमण भएको स्थानीय अधिकारीहरुले अनुमान गरेका छन ।

    त्यसैगरी अगस्तमा पनि यही मस्तिष्कमा आक्रमण गर्ने अमिबाका कारण फ्लोरिडामा एकजना १३ बर्षीय बालकको मृत्यु भएको थियो । त्यसबेला टेक्सस राज्यका ८ वटा शहरहरुमा यो अमिबाबाट सावधान रहन चेतावनी जारी गरिएको थियो । घरमा आउने पानीको प्रयोग नगर्न पनि आग्रह गरिएको थियो । घर घरमा आपूर्ति हुने पानीको सफाईपछि केही शहरहरुबाट यो चेतावनी फिर्ता लिइएको थियो ।

    अमेरिकाको सरकारी स्वाथ्य निकाय सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले माटो, तातो पानीको पोखरी, नदी, झरना र राम्ररी सरसफाई नगरिएको स्विमिङ पुलमा निग्लेरिया फोउलेरी (Neagleria fowleri) अमिबा हुन सक्ने सम्भावना ब्यक्त गरेको छ । सिडिसीले यो अमिबाको आक्रमणलाई अपवादको रुपमा आएको भनेको छ ।

    यद्यपी यसको आक्रमण भएपछि मृत्युको सम्भावना अधिक रहने गरेको छ । सिडिसीले जनाए अनुसार सन २००९ देखि १८ को बीचमा मस्तिष्क खाने निग्लेरिया फोउलेरी (Neagleria fowleri) अमिबा संक्रमणका ३४ वटा केसहरु देखिएका छन । त्यसैगरी सन १९६२ देखि २०१८ को बीचमा १४५ जना संक्रमित भएको तथ्यांक छ । यी मध्ये केवल ४ जना मात्रै बाँच्न सफल भएको सिएनएनले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology