Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विद्यालय शिक्षा पढ्न विदेश जाने विद्यार्थी रोक्दै सरकार

विद्यालय शिक्षा पढ्न विदेश जाने विद्यार्थी रोक्दै सरकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०८० बुधवार • १९:१७:४७ बजे
  • 1.3K
    SHARES
  • विद्यालय शिक्षा पढ्न विदेश जाने विद्यार्थी रोक्दै सरकार

    माध्यमिक तहको शिक्षा अध्ययनका लागि विदेश जान खोज्ने विद्यार्थीलाई सरकारले रोक लगाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ को कारण देखाउँदै विद्यार्थीहरू रोक लगाउन थालेको हो । जसका कारण नागरिकको शिक्षा प्राप्त गर्ने अधिकारमाथि अंकुश लगाउने काम गरेको छ ।

    images

    कुनै पनि व्यक्तिलाई आफ्नो सन्तानलाई आफूले चाहेको विषय पढाउन पाउने अधिकार मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेख छ । तर, शिक्षा मन्त्रालयले विद्यालय तहको शिक्षाका लागि विदेश गएर पढ्न खोज्ने बालबालिकाहरूको हकमा एनओसी जारी गर्न रोक लगाउँदै आएको हो ।

    उक्त निर्देशिकाको परिच्छेद ७ को २६ नम्बर बुँदामा विद्यालय तहको शिक्षाका लागि विदेशी विद्यालयमा अध्ययन गर्न स्वीकृति नदिने उल्लेख छ । यहि बुँदाको आधारमा मन्त्रालयको एनओसी जारी गर्ने शाखाले एनओसी दिन रोक लगाउँदै आएको छ । यतिमात्र नभएर निर्देशिका सर्वोच्च अदालतको आदेश विपरित छ ।

    २०७७ चैत १ गते सर्वोच्चले जुनसुकै तहका विद्यार्थीलाई विदेश अध्ययन गर्न जाने अवसरबाट वञ्चित गर्न नमिल्ने फैसला गरेको थियो । यो विषयमा अभिभावक, शैक्षिक परामर्श व्यवसायी तथा सरोकारवाला निकायले आपत्ति जनाउँदै आएका छन् । लाखौं नेपाली विदेशी भूमिमा छन् ।

    उनीहरूले आफ्ना छोराछोरीलाई सम्बन्धित देशमा नै लगेर पढाउन चाहेको खण्डमा नपाउने अवस्था आएको छ । जसले गर्दा उनीहरूले आफ्ना छोराछोरीलाई नेपालमै पढाउनुपर्ने बाध्यता छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले यो विषयमा निर्देशिका जारी भएदेखि नै विरोध जनाउँदै आएको छ । संघले निर्देशिका खारेजी हुनुपर्ने माग राख्दै आएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology